‘भड्किए’ भीम रावल : एमाले केन्द्रीय कमिटी बैठकमै बसेनन्


१० आश्विन २०७८, आईतवार
Bhim Rawal is a CPN UML politician He is former Deputy Prime Minister Defence Minister of Nepal

काठमाडौं, १० असोज । नेकपा एमाले केन्द्रीय कमिटी बैठकमा उपाध्यक्ष भीम रावल अनुपस्थित भएका छन् । आज (आइतबार) विहान ११ बजेबाट शुरु भएको बैठकमा रावल अनुपस्थित भएका हुन् । शुक्रबार जारी बैठकमा आगामी असोज १५–१७ गते हुने विधान महाधिवेशनमा पेश हुने राजनीति, सांगठनिक र विधान संशोधन प्रस्तावमाथि छलफल भएको थियो ।

१० वटा समूह बनाएर उक्त प्रतिवेदनबारे सुझाव आएको थियो । आजको बैठकमा १० वटा समूहबाट आएका सुझावमाथि अध्यक्ष केपी शर्मा ओली, महासचिव ईश्वर पोखरेल र उपमहासचिव विष्णु पौडेलले जवाफ दिएका छन् । तर आजको बैठकमा उपाध्यक्ष रावल अनुपस्थित भएका हुन् । रावलले १० बुँदे कार्यान्वयन नभएको भन्दै असन्तुष्ट जनाउँदै आएका थिए ।

शुक्रबारको बैठकमा १० बुँदे कार्यान्वयनबारे प्रश्न गरेका रावललाई अध्यक्ष ओलीले केन्द्रीय कमिटीकै बीचमा स्थायी समिति बसेर त्यसबारे आवश्यक निर्णय गर्ने बताएका थिए । तर, ओलीले आइतबार केन्द्रीय कमिटी बैठक समापन गर्ने तयारी गरिरहेका बेला आइतबार विहानसम्म पनि स्थायी समिति नबोलाएपछि भड्किएका रावल बैठकमा अनुपस्थित भएका हुन् ।

असार २७ को १० बुँदे सहमति अनुसार पार्टीलाई २०७५ जेठ २ को अवस्थामा लैजानुपर्ने अडान राख्दै आएका रावल आइतबार बसेको केन्द्रीय कमिटी बैठकबाट एकैछिनमा बाहिरिएका हुन् । रावलले १० बुँदे अनुसार जेठ २ मा फर्काएर आफूलाई सुदूरपश्चिम इन्चार्जमा कायम गर्नुपर्ने अडान राख्दै आएका छन् ।

तर अध्यक्ष केपी शर्मा ओलीले अहिलेको एमाले तत्कालीन नेकपाको निरन्तरता पनि भएकाले सुदूरपश्चिम इञ्चार्जमा लेखराज भट्ट नै यथावत हुने अडान राखिरहेका छन् । यस्तोमा शुक्रबार बसेको केन्द्रीय कमिटी बैठकमा नेता रावल, झपट रावल र भानुभक्त जोशीले १० बुँदे कार्यान्वयन नगर्ने हो भने नेतृत्वको निर्णय स्वीकार्न नसकिने चेतावनी दिएका थिए । ओलीले १० बुँदेका नाममा आफूहरुलाई अल्मल्याउने, झुक्याउने र भित्र हालेपछि ठोकठाक गर्ने नीति लिएको भन्दै उनीहरुले बैठकमै आक्रोश पोखेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७