नेप्सेमा ६१ अंकको गिरावट, म्युचुअल फण्ड बाहेक सबै रातै


१० आश्विन २०७८, आईतवार
share

काठमाडौं, १० असोज । साताको पहिलो कारोबार दिन आइतबार शेयर बजार परिसूचक नेप्से ६१ अंकले घटेको छ । नेप्से २.१७ प्रतिशतले घटेर २७५८.४८ विन्दुमा आइपुग्यो ।

२३३ कम्पनीका एक करोड ४४ लाख बराबर कित्ता शेयर ६ अर्ब ५० करोड रुपैयाँमा खरिद–बिक्री भयो । यस दिन म्युचुअल फण्ड बाहेक अरू कारोबार भएका सबै समूहमा गिरावट आयो । जीवन बीमा समूह सबैभन्दा उच्च ३७१ अंकले घट्यो भने निर्जीवन बिमा समूहमा पनि ३५६ अंकको गिरावट आयो । यस दिन पनि मनकामना स्मार्ट लघुवित्तको शेयर मूल्य १० प्रतिशतले बढ्यो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७