कांग्रेस महामन्त्री पूर्णबहादुर खड्कालाई कोरोना संक्रमण


१० आश्विन २०७८, आईतवार
purna bahadur khadka 20210926101456

काठमाडौं, १० असोज । नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्कालाई कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । सामाजिक सञ्जाल ट्वीटरमार्फत खड्काले आफूलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका छन् ।

उनले एन्टिजेन र पीसीआर परीक्षणका क्रममा कोरोना संक्रमण देखिएको बताए । उनले ट्विटमा भनेका छन्, ‘८ गते ४ बजेदेखि ज्वरो खोकी सुरु भएको , आज १० गते एन्टिजेन र पीसीआर परीक्षण गराउँदा दुबैमा पोजेटिभ ।

purna bahadur khadka twitter 20210926101435

धेरै सतर्कताका बाबजुद अन्ततः कोभिडले घेरि छोड्यो । ८ गते ४ बजे सम्म मेरो सम्पर्कमा रहनु भएका सबैमा सतर्कताको लागि अनुरोध’ महामन्त्री खड्कामा असोज ८ गते ४ बजेदेखि ज्वरो, खोकीलगायत स्वास्थ्यमा समस्या देखिएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७