माधव नेपाललाई गोकर्ण विष्टको प्रश्नै-प्रश्न (भिडियो सहित)


१० आश्विन २०७८, आईतवार

काठमाडौं, १० असोज : नेकपा (एमाले) का सचिव गोकर्ण विष्टले नेकपा (एमाले) विभाजन गरेर नेकपा (एकीकृत समाजवादी) बनाएका माधव नेपाललाई पार्टीमा फर्किन अनुरोध गरेका छन् । नेता नेपालले आफ्नै प्रतिबद्धता र अडान छोडेर नयाँ पार्टी बनाएको भन्दै गल्ती सच्चाएर फर्किन नेता विष्टले आह्रवान गरेका हुन् ।

नेपाल मुस्लिम इत्तेहाद संगठनले आइतबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा भने, ‘वामदेव कमरेड पनि हिजो मालेबाट एमालेमै फर्किनु भएको थियो। तपाईं (माधवकुमार नेपाल) ले पनि अब फर्किनैपर्छ । नेपाली साम्यवादी आन्दोलन कम्युनिष्टहरू छरिएर सफल हुन सक्दैन ।’

बिष्टले एमाले कमजोर पार्न २० प्रतिशतमा दल विभाजन अध्यादेश ल्याएर गठबन्धन दलले राजनीतिक बेइमानी गरेको आरोप लगाए । दल विभाजन अध्यादेश ल्याउनु संवैधानिक र नैतिक हिसाबले पनि बेठिक भएको गरे ।
यसअघि केपी ओली नेतृत्वको सरकारले ४० प्रतिशतले दल फुटाउने अध्यादेश ल्याउँदा विरोध गर्ने माधव र झलनाल खनालले कांग्रेस र

माओवादीसँग मिलेर कम्युनस्ट आन्दोलनलाई कमजोर पार्न अध्यादेश ल्याएको बताए । सचिव बिष्टले १० बुँदे सहमतिबाट एमाले पुरानै संगठनमा फर्किएपछि एकतामा आएको बताए । उनले एमालेले धेरै बिकासका काम गरेकाले आगामी चूनावमा बहुमत सहित सरकारमा जाने दावी गरे ।


‘सूर्य चम्किने ठाउँमा टर्च लाइट बालिरहनु पर्दैन’
उनले नेता नेपाललाई सूर्य चम्किने ठाउँमा टर्च लाइटको आवश्यकता नै नपर्ने पनि जिकिर गरे। भने, ‘कमरेड माधव नेपालले एमालेलाई टर्च लाइट बालेर खोज्नुपर्छ भन्नुभएछु । सूर्य चम्किने ठाउँमा किन टर्च लाइट बाल्ने ? एमाले अन्य दलभन्दा बलियो र सशक्त पनि छ ।’ शनिबार हेटौँडा पुगेका नेपालले आगामी चुनावपछि एमालेलाई टर्च लाइट बालेर खोज्नुपर्ने दिन आउने बताएका थिए।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७