परराष्ट्रमन्त्री खड्का र भारतीय समकक्षीबीच भेटवार्ता


११ आश्विन २०७८, सोमबार
Narayan Khadka S Jayashankar1632671595

काठमाडौं, ११ असोज । परराष्ट्रमन्त्री डा. नारायण खड्काले भारतीय समकक्षीसँग भेटवार्ता गरेका छन् । संयुक्त राष्ट्रसंघको ७६ औं महासभामा भाग लिन नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै न्युयोर्क पुगेका मन्त्री खड्काले भारतीय विदेशमन्त्री डा. एस जयशंकरसँग भेटवार्ता गरेका हुन् ।

भारतीय विदेशमन्त्री जयशंकरले ट्वीट गर्दै दुई देशबीचको विशेष सम्बन्धलाई मिलेर अगाडि बढाउन सहमत भएको बताएका छन् । ‘हाम्रो विशेष सम्बन्धलाई अगाडि बढाउन हामीले घनिष्ठ रूपमा मिलेर काम गनुपर्छ’, उनले ट्वीट गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७