दशैंकाे अग्रिम टिकट बुकिङ खुल्याे, कहाँको भाडा कति लाग्छ ? (सूचीसहित)


११ आश्विन २०७८, सोमबार
bus park

काठमाडौं, ११ असोज । सरकारले आज (सोमबार) देखि काठमाडौं उपत्यकाबाट दशैंमा घर जानेहरूका लागि अग्रिम टिकट बुकिङ खुलाउने भएको छ । हिजो (आइतबार) आज सिंहदरबारमा बसेको विकास तथा प्रविधि समितिको बैठकले दशैंका लागि अग्रिम टिकट बुकिङ खुलाउने निर्णय गरेको हो ।

यातायात व्यवस्था विभागले अग्रिम टिकट अनलाइन वा मोबाइल बैकिङबाट काट्न आग्रह गरेको छ । विभागका महानिर्देशक नमराज घिमिरेका अनुसार मोबाइलबाट कनेक्ट आईपीएस, खल्ती, ईसेवा जस्ता डिजिटल विधिबाट टिकट खरिद गर्न सकिने छ ।

‘अनलाइन टिकट काट्ने यात्रुलाई एक लिटरको एक बोतल पानीको व्यवस्था मिलाइने छ । दशैंको समयमा बिचौलियाहरू बीचमा आउने सम्भावना रहन्छ । सम्बन्धित टिकट काउन्टरको पोसाक लगाएका र परिचयपत्र भएका मानिसहरूबाट मात्रै टिकट काट्नु होला’, महानिर्देशक घिमिरेले भने ।

विभागका अनुसार कोरोना महामारी र स्वास्थ्य मापद्धण्डलाई मध्येनजर गर्दै काठमाडौं उपत्यकाका विभिन्न ठाउँबाट बस छुट्ने छन् । पश्चिममा चल्ने सवारीको टिकट नयाँ बसपार्कबाट काट्न सकिने छ । पूर्वमा चल्ने सवारी साधनका लागि कोटेश्वर, चाबहिलबाट टिकट काट्न सकिने छ ।

नयाँ बसपार्कमा अग्रिम टिकट बुकिङका लागि ‘टिकट काउन्टर’ थप गरिएको छ । ल्होत्से बहुउद्देश्यीय प्रालिले व्यवसायीको सहकार्यमा ११ वटा ‘टिकट काउन्टर’ थप गरेको हो ।

नयाँ बसपार्कबाट देशभरका ६५ भन्दा बढी जिल्लामा सार्वजनिक गाडी आवतजावत गर्दै आएका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाले चाडपर्वलाई लक्षित गरेर काठमाडौंका विभिन्न १४ ठाउँमा यात्रु सहायता कक्ष स्थापना गरेको छ । सहायता कक्षमा काठमाण्डौबाट विभिन्न गन्तव्यस्थलसम्म जान लाग्ने भाडादर र यात्रुलाई गन्तव्यस्थलसम्म सहजै जानका लागि आवश्यक समन्वय गर्नेछ ।

कहाँकाे कति भाडा ?

सरकारले देशभर लागू हुने गरी सार्वजनिक यातायातमा नयाँ भाडादर कार्यान्वयनमा ल्याएको छ । भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय मातहतको यातायात व्यवस्था विभागले देशभर नयाँ भाडादर कार्यान्वयनमा आएको जनाएको हो ।

छोटो, मध्यम र लामो दूरीको छुट्टाछुट्टै भाडादर कायम गरिएको छ । विभागले देशभरका कुल २८६ रुटको भाडादर समायोजन गरेको छ । विभागले यात्रुवाहक यातायातमा २८ प्रतिशत, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक गाडीमा २० प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक गाडीमा २६ प्रतिशत भाडा बढाएको छ ।

हेर्नुस् कहाँको भाडा कति ?

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७