जर्मनीमा निर्वाचन : एन्जेला मर्केलको सत्तारुढ पार्टी पराजित


११ आश्विन २०७८, सोमबार
120691744 merkellasch

काठमाडौं, ११ असोज । जर्मनीमा आईतबार सम्पन्न आमनिर्वाचनमा त्यहाँको प्रमुख विपक्षी सोसल डेमोक्रयाटिक पार्टी (एसपीडी) विजयउन्मुख भएको छ ।

एन्जेला मर्केलको सत्तारुढ क्रिश्चियन डेमोक्रयाटिक युनिय (सीडीयु) १६ वर्षपछि पहिलो पटक पराजित भएको छ । संसदको सात सय ३० सिटका लागि भएको निर्वाचनको अन्तिम परिणाम भने सार्वजनिक भइसकेको छैन् । पछिल्लो गणनामा एसपीडीले दुई सय पाँच, सीडीयुले एक सय ९४, ग्रीन पार्टीले एक सय १६ र एफडीपीले ९१ सिट ल्याएको छ । तर, एसपीडीले सरकार गठनका लागि प्रष्ट ‘म्यान्डेट’ प्राप्त गरेको दाबी गरेको छ । सत्तारुढ सीडीयुले पनि सरकार गठनको दाबी गरेको छ ।

कुनै पनि दलले प्रष्ट बहुमत ल्याउने नदेखिएकोले तीन ठूला पार्टीको नेतृत्वमा गठबन्धन सरकार बन्ने सम्भावना देखिएको छ । ‘सर्वेक्षण हामी अगाडि देखिएका छौ । हाम्रो विजय निश्चित छ,’ सोसल डेमोक्रयाटिकबाट चान्सलरका उम्मेदवार ओलाफ सोल्जले भने ।
लगातार १६ वर्ष जर्मनीको सत्तामा रहेकी मर्केलले आफू पुनः चान्सलरका लागि प्रतिष्प्रर्धा नगर्ने घोषणा गरिसकेकी छिन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७