तालिबानले लगायो दाह्री काट्न प्रतिबन्ध, अटेरी गरे कडा सजाय


११ आश्विन २०७८, सोमबार
taliban dari 9rN1dIWku4

काबुल, ११ असोज । अफगानिस्तानमा तालिबान सरकारले दाह्री काट्न प्रतिबन्ध लगाएको छ । दाह्री काट्ने वा मिलाउने कुराले इस्लामको नियम उल्लंघन भएको भन्दै तालिबानले हेलमन्ड प्रान्तमा यसमा बन्देज लगाएको हो ।

अटेर गरी दाह्री काटेमा सजाय दिइने चेतावनी पनि तालिबानले दिएको छ । राजधानी काबुलका सैलुन सञ्चालकले पनि आफूहरूलाई त्यस्तै निर्देशन आएको बताएका छन् । योसँगै तालिबानको शासन पहिलेको जस्तै कडा हुने संकेत दिएको छ ।

२० वर्षअघि सत्तामा हुँदा पनि तालिबानको शासन निकै क्रुर रहेको भुक्तभोगी बताउँछन् । शनिवार मात्र तालिबाले अपहरण आरोपमा पक्राउ गरेका चार जनालाई मारेर सार्वजनिक स्थानमा झुण्ड्याएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७