पैसा लिएर नक्कली नोट कारोबारीलाई सर्लाही प्रहरीले छोड्यो, हेडक्वाटरको निर्देशनपछि छानविन


११ आश्विन २०७८, सोमबार
Santosh SP
प्रहरी उपरीक्षक सन्तोष सिंह राठौर

काठमाडौं, ११ असाेज : सर्लाही प्रहरीले नेपाली नक्कली नोट सहित पक्राउ परेका छाडेको छ । आर्थिक लाभ लिई नक्कली नोट कारोबारीलाई छाडिएको रहस्य खुलेको छ । सर्लाही प्रहरीले छाडेको व्यक्ति नै बारा प्रहरीले पक्राउ गरेपछि सो रहस्य खुलेको हो ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका घुमुवा प्रहरी सहायक निरीक्षक मनोज यादव र इलाका प्रहरी कार्यालय हरिवनका प्रमुख प्रहरी निरीक्षक अवधेश यादवले मोटो रकम घुस लिएर नक्कली नोट सहित पक्राउ परेका कारोबारीलाई छोडिएको थियो ।

सर्लाही प्रहरीले नक्कली नोट कारोवारीलाई छोडेको तथ्य सार्वजनिक भएपछि प्रहरी प्रधान कार्यालयको दबाबमा प्रदेश प्रहरी कार्यालयले अनुसन्धान शुरु गरेको छ । प्रहरी प्रधानकार्यालयले सो विषयमा गम्भीर रुपमा छानवीन गर्न निर्दैशन दिएपछि अनुसन्धान शुरु भएको हो ।

एक महिना अगाडी इलाका प्रहरी कार्यालय हरिवनका प्रमुख प्रहरी निरीक्षक अवधेश यादवको कमान्डमा खटिएको टोलिले नक्कली नोट सहित कारोबारीलाई पक्राउ गरेका थिए । तर जिल्ला प्रहरी कार्यालय सर्लाहीमा कार्यरत प्रहरी सहायक निरीक्षक मनोज यादवले कारोबारीसँग मोटो रकम लिएर कारोवारी छाड्न सेटिङ गरेको स्रोतको दावी छ ।

Nepal police
पक्राउ परेका नक्कली नोट कारोबारी

स्रोतका अनुसार रकम बुझे पश्चात् जाली नोट सहित कारोबारीलाई छोडिएको थियो । तर यस बिषयमा प्रहरी प्रधान कार्यालयमा जानकारी पुगेपछि २ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी उमेश रन्जितकारले अनुसन्धान शुरु गरेको बताइएको छ । ‘यो विषयमा हामीले छानवीन गरिरहेका छौ अनुसन्धानमा दोषी देखिए कारवाही गर्छौ’, प्रदेश २ का डिआइजी रन्जितकारले भने । उनले प्रहरी निरीक्षक यादवलाइ प्रदेश प्रहरी कार्यालय तानेपनि रकम बार्गेनिङ गर्ने घुमुवा प्रहरी सहायक निरीक्षक मनोज यादवलाइ भने छाडा छोडेका छन् ।

यस घटनामा प्रहरी सहायक निरीक्षक मनोज यादव, प्रहरी निरीक्षक अवधेश यादवको साथ साथै जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुह प्रहरी उपरीक्षक सन्तोष सिंह राठौरको नाम समेत मुछिएको छ । उनकै निर्देशन अनुसार नक्कली नोट कारोबारीलाई छोडिएको सूचनाका अनुसार उनीमाथि पनि अनुसन्धान भइरहेको स्रोतको दाबी छ । प्रहरी निरिक्षक यादवलाई प्रदेश प्रहरी कार्यालय तानेर अनुसन्धान जारी राखिएको छ ।सन्तोष राठौरले उच्च राजनीतिक पहुँच प्रयोग गरेर सर्लाही गएका थिए ।

सर्लाही प्रहरीले जाली नोट सहित पक्राउ गरेका कारोबारीलाई छोडनसाथ पुनः जाली नोट सहित बाराको निजगढबाट बारा प्रहरीले पक्राउ गरेको थियो । निजगढ नगरपालिका वडा नम्बर ८ स्थित रहेको तारा इन होटेलमा रूम भाडामा लिइ बस्दै र जाली नोट कारोबार गर्दै आएका थिए । बारा प्रहरीले पक्राउ गरेको पाँच जना मध्ये एक जनालाई १ महिना अगाडी सर्लाही प्रहरीले पक्राउ गरेको थियो ।

पक्राउ पर्नेमा रौतहट गुजरा नगरपालिका–३ बलुवा टोल बस्ने २४ बर्षीय सुनिल कुमार राम, ३६ वर्षीय रबिन्द्र कुमार चौधरी, बारा करैयामाई गाउँपालिका–५ का ३६ वर्षीय विशेश्वरप्रसाद चौधरी, बारा कलैया उपमहानगरपालिका–९ रामपुर टोल बस्ने २४ बर्षीय सागर शुक्ला र कलैया उपमहानगरपालि–९ टेङरहर टोल घर भई हाल बारा बिश्रामपुर गाउँपालिका–५ ईटियाही टोल बस्ने २५ वर्षीय राजु कुशवाह रहेका छन् ।


उनीहरुको साथबाट प्रहरीले नक्कली नेपाली रूपैयाँ १ हजार दरका २५ थान नोट, बा ९१ प ७४३५ नम्बरको मोकरसाईकल र बा १४ च ९३८२ नम्बरको स्कारपियो गाडीसमेत बरामद गरेको थियो । सोही गाडीसहित सर्लाही प्रहरीले पक्राउ गरेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७