दुर्घटनबाट जोगियो बुद्ध एयर : विराटनगरमा अवतरण गर्न नसकेपछि काठमाडौंमा फोर्स ल्यान्डिङ्ग


११ आश्विन २०७८, सोमबार
Buddha Air 9N AJO
फाइल फोटो

काठमाडौं, ११ असोज: बुद्ध एयर ठुलो दुर्घटनबाट जोगिएको छ । काठमाडौंबाट विराटनगर उडेको बुद्धको जहाज विराटनगरमा बस्न नसकेर काठमाडौंमा फर्किएर फोर्स ल्यान्डिङ्ग गरेको हो ।

काठमाडौंबाट उडेको N-AJO, Flight U-601 नम्बरको जहाज जहाजको ल्याण्डिङ गियरमा समस्या आएपछि जहाज काठमाडौं अवतरण भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रताप तिवारीले जानकारी दिए । विमानस्थलमा सम्भावित दुर्घटनालाई मध्यनजर गरेर काठमाडौं विमानस्थलमा दमकल र एम्बुलेन्ससहितका उद्धारकर्मीलाई तम्तयार हालतमा राखिएको थियो ।

यस अघि ११ साउनमा पनि उडिरहेका बुद्ध एयरका दुई जहाज त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आकस्मिक अवतरण गरिएको थियो ।काठमाडौं–धनगडी उडानमा रहेको बुद्ध एयरको जहाजको हाइड्रोलिकमा समस्या आएपछि काठमाडौंमै आकस्मिक अवतरण गरिएको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७