कांग्रेस अधिवेशन : भरतपुरको सभापतिमा चित्रसेन अधिकारी विजयी


११ आश्विन २०७८, सोमबार
chitrasen bharatpur Fiq78lOM5t

चितवन, ११ असोज । नेपाली कांग्रेसको गाउँ / नगर अधिवेशनअन्तर्गत चितवनको भरतपुर महानगरपालिकाको सभापतिमा चित्रसेन अधिकारी विजयी भएका छन् ।

निर्वाचन अधिकृत श्रीराम दवाडीका अनुसार निकटतम प्रतिद्वन्द्वी भरत अधिकारीलाई १०३ मतले पछाडि पार्दै चित्रसेन कांग्रेसको महानगर सभापति पदमा निर्वाचित भएका हुन् । विजयी चित्रसेन अधिकारीले ६४९ मत ल्याए भने पराजित भरत अधिकारीले ५४६ मत पाए । भरतपुर नगर सभापतिका लागि उनीहरूसहित पाँच जना प्रतिस्पर्धामा थिए ।

यस्तै भरतपुरको कांग्रेस उपसभापति पदमा बुद्धिकान्त न्यौपाने र विजय घले, सचिवमा प्रनिशा गुरुङ र कृष्ण बगाले तथा सह–सचिवमा कल्पना खड्का पौडेल र उपेन्द्र पण्डित निर्वाचित भएका छन् ।

आइतबार बिहान सुरु भएको मतदान सकिएपछि साँझदेखि मतगणना थालिएको थियो । कूल १ हजार ४८५ मतदातामध्ये भरतपुर महानगरपालिका कांग्रेस कार्यसमिति चयनका लागि १ हजार ४६६ जनाले मतदान गरेको निर्वाचन समितिले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७