माओवादी केन्द्रको स्थायी कमिटी बैठक शुरु, यस्ता छन् एजेण्डा


११ आश्विन २०७८, सोमबार
Mao

काठमाडौं, ११ असोज । नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठक शुरु भएको छ । पार्टी कार्यालय पेरिसडाँडामा शुरु बैठकमा सरकारका काम र पार्टीको आन्तरिक जीवनबारे छलफल हुने नेता गणेश साहले जानकारी दिए ।

माओवादी केन्द्रका अर्का एक नेताले भने सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम टुंगो लगाउनेबारे छलफल हुने बताए । यसअघि आइतबार बसेको सत्ता गठबन्धनको बैठकमा बुधबारसम्म मन्त्रिपरिषदलाई पूर्णता दिनेबारे छलफल भएको थियो । गत असार २९ गते प्रधानमन्त्री बनेका देउवाले अझै पनि सरकारलाई पूर्णता दिन सकेका छैनन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रीहरुको नामावली छिटो दिन नेताहरुलाई आग्रह पनि गरेका थिए । सत्ता गठबन्धनका नेताहरुले राजनीतिक दल सम्बन्धी अध्यादेशबारे तत्काल निर्णय लिन र केही दिनभित्रै मन्त्रिपरिषद विस्तार गर्न प्रधानमन्त्री देउवालाई सुझाव दिएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७