भक्तपुरका चार वटै नगरपालिकामा कांग्रेसको नयाँ नेतृत्व चयन


११ आश्विन २०७८, सोमबार
FB IMG 1632648854625 3uj1BAWEZq

भक्तपुर, ११ असोज । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत भक्तपुरका चार वटै नगरपालिकामा नयाँ नेतृत्व चयन भएको छ ।
भक्तपुर नगरपालिकामा राजेन्द्र तमखु, मध्यपुरथिमिमा हरिदास प्रजापति, चाँगुनारायणमा शिवहरि केसी र सूर्यविनायक नगरपालिकाको सभापतिमा निशान ढुङ्गेल निर्वाचित भएका कांग्रेसले जनाएको छ ।

भक्तपुर नगरको उपसभापतिमा राजन जोशी र रोशन तुकबन्जार, सचिवमा रत्नसुन्दर खुजु र सुनिलराज दैवज्ञ, सहसचिवमा विष्णुप्रसाद गणेजु र आरती रञ्जीत, नगर क्षेत्रीय प्रतिनिधिमा रमा ढकाल शिल्पकार र विश्वजित भैल विजयी भएका छन् ।

त्यसैगरी मध्यपुरथिमिको उपसभापतिमा अनिल श्रेष्ठ र सीताराम कुटु, सचिवमा राम थापामगर र रवि घजु तथा सहसचिवमा विजय प्रजापति र जीवन श्रेष्ठ विजयी भएका छन् भने चाँगुनारायणको उपसभापतिमा राजकुमार दाहाल र दिनेशराज गिरी, सचिवमा दिनेश थापा र सिजन कार्की तथा सहसचिवमा गोकर्ण पुरी र चन्द्रशेखर खत्री विजयी भएका छन् ।

सूर्यविनायकको उपसभापतिमा रमण कायस्थ र रमेश अधिकारी, सचिवमा सुमन न्यौपाने र विश्वराम थापा, सहसचिवमा अमिर ढुङ्गाना र सुरेश केसी विजयी भएका निर्वाचन समितिले जनाएको छ । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७