फरक विशेषताका तीन चलचित्र एकसाथ रिलिज, कुन फिल्म कुन हलमा ?


२५ फाल्गुन २०७४, शुक्रबार
3 movie

काठमाडौं, २५ फागुन । आज शुक्रबारदेखि एकसाथ तीन चलचित्र प्रदर्शन भएका छन् । प्रर्दशनमा आएको फिल्म मंगलम, हुर्रे र गाँजाबाजा हुन् । यी तीनै फिल्मको आ–आफ्नै विशेषता देखिन्छ ।3 movie
त्यो के भने, नवल नेपाल निर्दे्शित मंगलम् युनिभर्सल सर्टि्फिकेट प्राप्त फिल्म हो भने यम थापा निर्दे्शित हुर्रेले पिजी र गणेशदेव पाण्डेले निर्देशन गरेको गाँजाबाजाले एडल्ट सर्टि्फिकेट प्राप्त गरेको छ ।
छविराज ओझाले निर्माण गरेको मंगलम्लाई पारिवारिक प्रेमकथानक फिल्म भनिएको छ भने सोनाम लामा र छिरिङ दोर्जे निर्मित हुर्रेलाई कमेडी फिल्म भनिन्छ ।त्यस्तै, गोमा विष्ट, दीपेन्द्र रेग्मी र नारायण पाण्डेले निर्माण गरेको गाँजाबाजालाई युवापुस्ताका दर्शक लक्षित एडल्ट कमेडी फिल्मका रूपमा अथ्र्याइएको छ ।

मंगलमलाई नवल नेपालले निर्देशन गरेका हुन् । चलचित्रमा शिल्पा पोखरेल, पष्प खड्का, पृथ्वीराज प्रसाई, निर शाह,  साम्राज्ञी राज्य लक्ष्मी शाह लगायतका कलाकारको अभिनय रहेको छ । मल्टिप्लेसमा थोरै सो पाएको मंगलमले सिंगल थिएटरमा भने राम्रो सो पाएको छ । चलचित्रको ‘पर्ख पर्ख मायाले’ बोललको गीत चर्चित रहेको छ भने यसले केही दिन अघि एक करोड भ्युज् युट्युबमा पाएको थियो । चलचित्रमा पारिवारिक प्रेमकथालाई उठाइइएको छ ।

यस्तै हुर्रेमा राजाराम पौडेल, केकी अधिकारी, विजय बराल, अंकित खड्का, अनुपविक्रम शाहीलगायत कलाकारले अभिनय गरेका छन् । हुर्रेमा समावेश ठेकीमा दही बोलको गीत चर्चामा छ । चलचित्रलाई यम थापो निर्देशन गरेका हुन् भने सोनम लामाले निर्माण गरेका हुन् । यस चलचित्रमा समावेश भएको ‘ठेकीमा दही’ बोललको गीतलाई दर्शकले रुचाएका छन् ।

गाँजाबाजामा भने सुशील सिटौला, वर्षा शिवाकोटी, अनुपम शर्मालगायत कलाकारले अभिनय गरेका छन् । तीनवटै फिल्मका निर्माता आफ्नो फिल्म हिट हुनेमा विश्वस्त छन् । दुई वर्ष लामो विवादपछि चलचित्र ‘गाजाँबाजा’ आजबाट सिनेमा घरमा प्रदर्शन भएको छ । चलचित्रमा गाँजा खाने युवाको कथालाई उठाइएको छ । मल्टिप्लेसमा राम्रो सो पाएको चलचित्रलाई गणेशदेव पाण्डेले निर्देशन गरेका हुन् ।

https://www.youtube.com/watch?v=K-ae-kGy-hI

यता बलिउडतर्फ भने आज कुनै चलचित्र रिलिज भएनन् । हलमा अभिनेत्री अनुषका शर्मा अभिनित ‘परी’ प्रदर्शन भइरहेको छ ।

याे पनि पढ्नुहाेस्
गीत हिट भइसकेको ‘मंगलम’को ट्रेलर सार्वजनिक, के छ साम्राज्ञीको भूमिका ?
साम्राज्ञी ‘सस्पेन्स’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७