मध्य भोटेकोशीको ९० करोडको आईपीओ असोज २० गतेबाट


११ आश्विन २०७८, सोमबार
IPO

काठमाडौं, ११ असोज । मध्यभोटेकोशी जलविद्युत् कम्पनीले सर्बसाधारणलाई असोज २० गतेदेखि धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कसान (आईपिओ) बिक्री खुला गर्ने भएको छ । कम्पनीले सर्बसाधारणलाई प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ९० करोड बराबरको ९० लाख कित्ता सेयर निष्काशन गर्न लागेको हो ।

कम्पनीले आयोजना जिल्ला सिन्धुपाल्चोक र आयोजनाको प्रभाव क्षेत्रका स्थानीयलाई आईपीओ निष्कासन गरेर आजै बाँडफाड गरिसकेको छ । आयोजना प्रभावित क्षेत्रका स्थानीयलाईै आज भएको बाडफाडबाट १८० कित्तासम्मका लागि आवेदन दिने आवेदन दिएअनुसार र १९० कित्ता देखि ४०० कित्तान सम्मका लागि आववेदन दिने २ हजार ३१३ जनाले गोलाप्रथाबाट थप १० कित्ता गरि १९० कित्तासम्म सेयर पाएका छन् ।

यस्तै आयोजनाबाट प्रभावित क्षेत्रबाहेक सिन्धुपाल्चोक जिल्लाका अन्य क्षेत्रका सर्वसाधारणले १० देखि ४० कित्तासम्म आवेदन दिनेले आवेदन अनुसार नै र ५० देखि ४ सय कित्तासम्म आवेदन दिनेलाई भने गोलाप्रथाबाट ४० हजार ५४८ जनाले थप १० कित्ता गरी अधिकतम ५० कित्तासम्म सेयर प्राप्त गरेको बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले जनाएको छ ।

नेपाल धितोपत्र बोर्डबाट आयोजना प्रभावित र स्थानीयका लागि १ अर्ब ५० करोड बराबरको १ करोड ५० लाख कित्ता सेयर निष्कासन गर्न स्वीकृति पाएको थियो । जसमध्ये आयोजना प्रभावित क्षेत्र र जिल्लाका वासिन्दालाई ६० करोड बराबरको ६० लाख कित्ता सेयर निष्काशन गरेको हो । अब ९० करोड बराबरको ९० लाख कित्ता सेयर सर्वसाधारणको लागि निष्कासन गर्न लागेको हो । कम्पनीले यसअघि नै संचय कोषका संचयकर्ता, कम्पनीको संस्थापक कम्पनीका कर्मचारी र ऋणदाता कम्पनीका कर्मचारीको लागि शेयर निष्काशन गरी बाडफाडसमेत गरिसकेको छ ।

कम्पनीको आईपीओमा असोज २५ गतेसम्म आवेदन दिन सक्ने छन् । नेपाल धितोपत्र बोर्डबाट सि–आश्वास अनुमति लिएको बैंक तथा वित्तीय संस्था र मेरो सेयर एपमार्फत आईपीओमा लगानी गर्न सकिनेछ । नेपाल विद्युत प्राधिकरणबाट प्रवद्र्धित चिलिमेको सहायक कम्पनी मध्ये भोटेकोशीले सिन्धुपाल्चोक जिल्लामा १०२ मेगावाटको मध्यभोटेकोशी जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७