कतारकी राजकुमारी आस्मासहितको टोली मनास्लु हिमालको चुचुरोमा


११ आश्विन २०७८, सोमबार
manasalu himal

गोरखा, ११ असोज । कतारकी राजकुमारी शेख आस्मा अल थानीसहितको टोलीले मनास्लु हिमालको सफलतापूर्वक आरोहण गरेको छ ।
आस्मा सोमबार बिहान साढे १० बजे ८,१६३ मिटर उचाइको मनास्लुको चुचुरोमा पुगेको इलाइट हिमाल एडभेन्चरका कुशल बुढाथोकीले जानकारी दिए ।

चुचुरोमा पुगेर आस्मासहितको टोली बेसक्याम्पतिर फर्कने क्रममा रहेको उनले जानकारी दिए । ‘थप इन्फर्मेसन आउँदै छ, उहाँसहितको टोलीले सफल आरोहण गरेर आधारशिविर फर्कने क्रममा हुनुहुन्छ,’ उनले भने ।

मनास्लु हिमालको चुचुरोसम्म डोरी टाँगेर बाटो तयार भएसँगै बेसक्याम्पमा रहेका आरोहीले आरोहण थालेका छन् । पर्यटन विभागका अनुसार मनास्लु हिमाल आरोहणका लागि १७ आरोहण दलबाट २० देशका १७१ जनाले अनुमति लिएका छन् । तिनमा १३३ पुरुष र ३८ महिला छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७