बुद्धभूमि नेपाल हाइड्रोपावरको आइपीओ बिक्री खुल्ला


११ आश्विन २०७८, सोमबार
IPObanking

काठमाडौं, ११ असोज : बुद्धभूमि नेपाल हाइड्रोपावरले सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको छ । कम्पनीले सोमबार (असोज ११ गते) कम्पनीले ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता आइपीओ निष्कासन खुला गरेको हो ।

यसमध्ये ५५ अर्थात् ४० हजार कित्ता म्युचुअल फन्ड र २५ अर्थात् १६ हजार कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ । बाँकी ७ लाख ४४ हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । यस आइपीओमा असोज १४ गतेसम्म आवेदन दिन सकिनेछ ।

त्यस अवधिमा सबै सेयर बिक्री नभएमा असोज २५ गतेसम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् । यसमा सिभिल क्यापिटल मार्केटले बिक्री प्रबन्धकको काम गरेको छ । लगानीकर्ताले सि–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् ।

कम्पनीले नुवाकोटमा तल्लो ताँदी खोलाको पानीबाट ४।९९ मेगावाट क्षमतामा बिजुली उत्पादन गर्ने उद्देश्य लिएको छ । आयोजनाको लागत प्रतिमेगावाट २३.८ करोड रुपैयाँ रहेको छ । समग्रमा आयोजनाको काम ९० प्रतिशतभन्दा बढी सम्पन्न भएको छ ।

कम्पनीको जलविद्युत उत्पादन केन्द्र नुवाकोट जिल्लाको दुप्चेश्वर गाँउपालिका ९साबिकका समुन्द्रटार, सुन्दरादेवी, बालकुमारी र थाप्रेक गा.वि.स. मा रहेको छ । कम्पनीले नुवाकोटमा ताँदी खोला र चाक्के खोलाको पानी प्रयोग गरी ४।९९३ मेगावाट जडित क्षमताको तल्लो ताँदी खोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।

कम्पनीले विद्युत उत्पादन गर्ने अनुमति २०६९ चैत २७ गते प्राप्त गरेको थियो । र, यो अनुमतिपत्र विसं २१०४ चैत २६ गतेसम्म बाहल रहने कम्पनीले जनाएको छ । यस आयोजनाको कुल लागत १ अर्ब १९ करोड रुपैयाँ रहेको छ । यसको प्रतिमेगावाट लागत भने २३ करोड ८ लाख रुपैयाँ छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७