सेयर बजार ओरालो यात्रा रोकिएन, कहिले होला सुधार ?


११ आश्विन २०७८, सोमबार
share market

काठमाडौं, ११ असोज : सेयर बजारको ओरालो यात्रा सोमबार पनि रोकिएन । सेयर बजारको परिसूचक नेप्से २७ सय अंकमुनि झरेको छ । सोमबार परिसूचक ७३ अंकले घटेको हो । सेयर बजारले सोमबार पनि निरन्तरता पाएपछि नेप्से सूचक ६ महिना अघिको बिन्दुमा आएको छ ।
सोमबार बजार ७३ अंकले घटेर २६८५ बिन्दुमा बन्द भएको । यस अघि गत बैशाख ३० गते सेयर बजार ठिक २६८५ बिन्दुमा थियो ।

यसअघि नेप्सेले २६१४ को न्यूनतम विन्दु टेस्ट गरेपछि बजारमा केही दिन उत्साह आएको थियो । सूचक तेज हिसाबले फर्किएको थियो । तर त्यो वृद्धि टिक्न सकेन । हिजो आइतबार ६ अर्ब ५० करोड रुपैयाँको सेयर किनबेच भएकोमा सोमबार ५ अर्ब १२ करोडमा सीमित भयो।

चाडबाड नजिकिएसँगै खर्चको जोहो गर्न खोज्दा घटेकै मूल्यमा सेयर बिक्रि गर्नेहरु हाबी भएका छन्। जसका कारण बिक्रि चाप बढेकोले बजार निरन्तर घटिरहेको लगानीकर्ताले बताएका छन्। बजार घट्नुमा तरलता अभावलाई प्रमुख कारण मानिएको छ । केन्द्रीय बैंकले लागू गरेको सीडी रेसियोका कारण तरलता व्यस्थापनमा कठिनाई हुन थालेको बैंकरहरुको दाबी छ ।

बैंकिङ ४४, ब्यापार ४१, होटल तथा पर्यटन ९०, विकास बैंक १९४, जलविद्युत ८०, फाइनान्स ११२, निर्जीवन बीमा ४३९, उत्पादन १०४, अन्य ४६, माइक्रोफाइनान्स १३२, जीवन बीमा ४३७ र लगानी समूह २ अंकले घटेको छ ।

मनकामना स्मार्ट लघुवित्त, मैलुङ खोला जलविद्युत आयोजना र पुरानो कम्पनीतर्फ गुर्खाज फाइनान्सको मात्रै सेयर मूल्य बढेको छ। बाँकी सबै कम्पनीको सेयर मूल्य घटेको छ।

मूल्य घट्ने कम्पनीमा गुडवील फाइानान्स, युनाइटेड मोदी हाइड्रोपावर, नेपाल फाइनान्स, कालिका पावर र पोखरा फाइानान्सको सेयर मूल्य समान ७/७ प्रतिशतले घटेको छ।

अरुण भ्याली हाइड्रोपावरको सर्वाधिक १५ करोड ४९ लाख रुपैयाँको सेयर कारोबार भएको छ। युनाइटेड मोदीको १३ करोड ५१ लाख, हिमालयन डिष्टिलरीको १२ करोड ९२ लाख, नेपाल बैंकको १२ करोड ८५ लाख र नेशनल हाइड्रो पावरको करिब १२ करोड रुपैयाँको सेयर किनबेच भएको छ।

सबै उपसमूह राताम्मे भएको बजारमा निर्जीवन बीमा समूह सर्वाधिक ४३९ अंकले घटेको छ। जीवन बीमा समूह ४३७ अंक, लघुवित्त समूह १३२ अंक, फाइनान्स समूह ११२ अंक र उत्पादन समूह १०४ अंकले घटेको छ। होटल ९० र हाइड्रोपावर ८० अंकले घट्दा बैंकिङ, व्यापार र अन्य समूह ४० देखि ४६ अंक सम्म घटेका छन्।

मैलुङखोला जलविद्युतको मूल्य १० प्रतिशतले बढ्यो। हालै सूचीकृत भएको मैलुङखोलाको मूल्य प्रतिकित्ता २२६ रुपैयाँ पुगेको छ। गोर्खाज फाइनान्सको मूल्य ६ प्रतिशतले बढेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७