सम्पत्ति शुद्धीकरणको महानिर्देशकमा प्रेमप्रसाद भट्टराई


प्रकाशित मिति : September 27, 2021

काठमाडौं, ११ असोज: सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको महानिर्देशकको जिम्मेवारी प्रेम प्रसाद भट्टराईलाई दिइएको छ । यसअघि महानिर्देशक रहेका गजेन्द्र ठाकुरलाई ६ महिनामै हटाएर भट्टराईलाई नियुक्त गरिएको हो ।

भट्टराई यसअघि भक्तपुरका सिडिओको जिम्मेवारीमा थिए । महानिर्देशक भएका भट्टराई गत वर्ष महानिर्देशक रहेका रुपनारायण भट्टराईका आफ्नै भाई हुन् । उनका दाजु रुपनारायण एमाले अध्यक्ष केपी ओली भएको बेला शक्तिशाली थिए ।

गैरकानुनी कार्यबाट आर्जन गरेको धन सम्पत्तिको पहिचान गर्ने, कारबाही गर्ने र त्यस्ता अवैध धन नियन्त्रण गर्न गठित यस विभाग सरकारकै शक्तिशाली निकायमध्ये एक मानिन्छ ।

सम्पत्ति शुद्धीकरण, आतंकवादी क्रियाकलापमा वित्तीय लगानी र अन्य विनासका हातहतियार विस्तारमा सहयोग गर्न कुनै पनि किसिमका गैरकानुनी कमाई र योगदानविरुद्ध अनुसन्धान गर्ने आधिकारिक निकाय हो । यो विभाग, आतंकवादी क्रियाकलापमा वित्तीय लगानी र अन्य विनासका हातहतियार विस्तारविरुद्धको राष्ट्रिय प्रणालीको एक प्रमुख अंग हो ।

यो विभाग प्रधानमन्त्री कार्यालय अन्तरगत छ । एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री बनेपछि अहिलेसम्म उनले महान्यायाधिवक्ताको कार्यालय, राष्ट्रिय अनुसन्धान विभाग, सम्पत्ति शुद्धीकरण विभाग, राजस्व अनुसन्धान विभाग, राष्ट्रिय योजना आयोग, राष्ट्रिय विकास परिषद्, तथ्यांक विभाग, लगानी बोर्ड, राष्ट्रिय सतर्कता केन्द्र, संवैधानिक परिषद् र गरिबी निवारण कोषसहितका कार्यालयहरू प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गत ल्याएको थियो ।

प्रतिक्रिया दिनुहोस्