पशुपतिमा साधुमाथि खुकुरी प्रहार, १२ जना पक्राउ


११ आश्विन २०७८, सोमबार
khukuri MN85r28Atr
सांकेतिक तस्विर

काठमाडौं, ११ असोज । काठमाडौंको पशुपतिनाथ क्षेत्रमा एक साधुमाथि खुकुरी प्रहार भएको छ ।सोमबार विहान साढे ५ बजे उनीमाथि खुकुरी प्रहार भएको काठमाडौंका प्रहरी प्रमुख एसएसपी अशोक सिंहले जानकारी दिए ।

घाइते सन्तोष बाबाको वीर अस्पतालमा उपचार भइरहेको छ । उनी खतरामुक्त रहेको अस्पताललाई उधृत गर्दै प्रहरीले जानकारी दिएको छ । एसएसपी सिंहका अनुसार विहान शौचालय जाने क्रममा साधुलाई एक जनाले पेटमा खुकुरी हानेका हुन् ।

घटनामा संलग्नताको आशंकामा १२ जना पक्राउ परेका छन् । उनीहरु घटनामा संलग्न भएको हो वा होइन भन्ने विषयमा अनुसन्धान भइरहेको उनले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७