१,२८२ मा कोरोना संक्रमण, १,२६२ जना निको, सातको मृत्यु


११ आश्विन २०७८, सोमबार
korona

काठमाडौं, ११ असोज । नेपालमा पछिल्लो २४ घण्टामा १,२८२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १५ हजार ४८८ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा १,२८२ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार १२ हजार ८१ जनाको पिअिसार परीक्षण गर्दा ९७५ र ३,४०७ जनाको एन्टीजेन परीक्षण गर्दा ३०७ जनामा संक्रमण पुष्टि भएको हो । आज देशभर १,२६२ जना संक्रमित उपचार पछि निको भएका छन् । पछिल्लो २४ घण्टामा सात जना संक्रमितको मृत्यु भएको छ ।

देशभर १८ हजार ८४८ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । तीमध्ये १७ हजार ५३५ होम आइसोलेसनमा छन् । संस्थागत आइसोलेसनमा १,३१३ संक्रमित छन् भने ३८५ जना आइसियुमा र १२५ जनाको भेन्टिलेटरमा उपचार भईरहेको छ । देशभर २५६ जना क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यसैगरी पछिल्लो २४ घण्टामा देशभर एक लाख १२ हजार ८७४ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७