चूडामणि शर्मा विशेष अदालतमा हाजिर


११ आश्विन २०७८, सोमबार
chudamani sharma

काठमाडौं, ११ असोज । अर्ब बढीको भ्रष्टाचार अभियोगमा निलम्बित सहसचिव चूडामणि शर्मा सोमबार विशेष अदालतमा हाजिर भएका छन् । कर फर्छ्यौट आयोगको सदस्य सचिवका रुपमा काम गर्दा व्यवसायीहरुलाई मनलाग्दी कर छुट दिएको आरोपमा उनीमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा चलाएको छ ।

व्यवसायीहरुलाई जथाभावी कर छुट दिँदा राज्यलाई एक अर्ब ३३ लाख २० हजार ५८५ रुपैयाँ घाटा लगाएको अभियोगमा अख्तियारले गत असार ९ गते उनीसहितविरुद्ध भ्रष्टचार मुद्दा चलाएको थियो । उनीसहित कर फर्छ्यौट आयोगका तत्कालीन अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेशप्रकाश ढकालविरुद्ध अख्तियारले भ्रष्टाचार मुद्दा चलाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७