एकीकृत समाजवादीले आफ्नो पार्टीका तर्फबाट मन्त्री हुनेको लिष्ट बुझायो, को-को बन्दैछन् मन्त्री ?


११ आश्विन २०७८, सोमबार
Madhavkumar Nepal Senior Leader of Uml scaled

काठमाडौं, ११ असोज : माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले आफ्नो पार्टीका तर्फबाट मन्त्री हुनेको लिष्ट बुझाएको छ । नेता विरोध खतिवडाको नेतृत्वमा सरकारमा जाने गरी समाजवादीले लिष्ट बुझाएको स्रोतको भनाई छ ।

समाजवादीबाट खतिवडा सहित मेटमणि चौधरी, रामकुमारी झाँक्री, प्रेम आले, जीवनराम श्रेष्ठ र किसन श्रेष्ठ नाम बुझाइएको स्रोतको दाबी छ ।

राजनीतिक दल सम्बन्धीको अध्यादेश फिर्ता लिएर मंगलबारसम्म मन्त्रीपरिषद् विस्तार गर्ने सरकारको तयारी छ । प्रधानमन्त्री शेरबहादुर देउवाले राजनीतिक दल सम्बन्धीको अध्यादेश फिर्ताबारे सल्लाह गरिरहेको बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७