यो सरकारले देशलाई नै कालोसूचीमा पार्न खोज्दैछ : खगराज अधिकारी


११ आश्विन २०७८, सोमबार
khagaraj zUq4obs9zd

काठमाडौं, ११ असोज । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसद खगराज अधिकारीले सरकारले नेपाललाई नै कालोसूचीमा पार्ने प्रयास गरिरहेको आरोप लगाएका छन् ।

सरकारले ल्याएको बजेट अध्यादेश प्रतिस्थापन विधेयकमा लुटिएका करिब २१-२२ अर्ब कालोधनलाई वैधानिकता दिने गरी प्रावधान ल्याएको भन्दै उनले अब नेपाललाई नै सरकारले कालोसूचीमा पार्ने प्रयास गरिरहेको आरोप लगाएका हुन् ।

आज (सोमबार) प्रतिनिधिसभा बैठकबाट बाहिरिने क्रममा उनले सञ्चारकर्मीमाझ भने, ‘हुँदाहुँदा लुटिएका झण्डै–झण्डै २१-२२ अर्ब अन्तर्राष्ट्रिय कानुन समेत, आतंककारी कानुन समेत आकर्षित हुने कानुनलाई समेत उल्लंघन गरेर यो देशलाई नै कालोसूचीमा पार्ने गम्भिर बाटोमा सरकार गईरहेको छ ।’ सांसद अधिकारीले सरकारले दलीय व्यवस्थालाई नै समाप्त पार्न अवरुद्ध संसदलाई सूचारु गराउन पहल नगरेको तर्क समेत गरे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७