१० बुँदे कार्यान्वयनको जिम्मा भीम रावललाई


११ आश्विन २०७८, सोमबार
Bhim Rawal is a CPN UML politician He is former Deputy Prime Minister Defence Minister of Nepal

काठमाडौं, ११ असोज : नेकपा एमालेले गत असार २७ गते भएको १० बुँदे सहमति कार्यान्वयन सहजीकरणका लागि उपाध्यक्ष भीम रावलको संयोजकत्वमा सात सदस्यीय कार्यदल विस्तार गरेको छ ।

यसअघि महासचिव ईश्वर पोखरेलको नेतृत्वमा रहेको समितिलाई विस्तार गरिएको हो । सोमबार बसेको स्थायी कमिटी बैठकले रावलको संयोजकत्वमा ७ सदस्यीय कार्यदल बनाउने निर्णय गरेको प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए ।

१० बुँदे कार्यन्वयन नभएकोमा भीम रावलकै असन्तुष्टी रहेकाले उनकै संयोजकत्वमा कार्यदल बनाइएको हो । कार्यदलमा महासचिव पोखरेल, उपमहासचिव बिष्णु पौडेल, घनश्याम भुसाल, स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे, शंकर पोखरेल र लेखराज भट्ट छन् । एमाले स्रोतका अनुसार कार्यदलमा शंकर पोखरेल नभएसम्म समाधान नहुने सबै नेताको आशय बुझेपछि पोखरेललाई थपिएको हो ।

सुदूरपश्चिम प्रदेश लगायतका विषयमा छलफल गरेर टुंग्याउन पार्टी अध्यक्ष केपी शर्मा ओलीले निर्देशन दिएको भट्टराईले बताए ।‘१० बुँदे कार्यन्वनबारे पनि व्यापक छलफल ग-यौं,’ उनले भने, ‘पार्टी अध्यक्षले सकारात्मक ढंगले कार्यन्वयन गर्ने आश्वसान दिनु भएको छ । सबैलाई समेट्ने सकारात्मक जवाफ दिनु भएको छ ।’

माओवादीबाट आएकाहरुको पनि उचित व्यवस्थापन गर्ने र १० बुँदेलाई रचनात्मक ढंगले कार्यान्वयन सहमति भएको भट्टराईले जानकारी दिए। हिजो सकिएको केन्द्रीय समिति बैठकमा रावलले १० बुँदे कार्यान्वयन नभएको भन्दै असन्तुष्टि जनाएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७