२०७८ असोज १२ गते मंगलबारको तपाईको राशिफल

महालक्ष्मी व्रत समाप्ति / विश्व रेबिज विरुद्ध दिवस / अन्तर्राष्ट्रिय सूचनामा विश्वव्यापी पहुँचको दिवस


प्रकाशित मिति : September 28, 2021

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
एउटै कामबाट दोहोरो लाभ मिल्ने छ । नयाँ वस्त्र, अलङ्कारको प्राप्ति हुनेछ । प्राविधिक कार्यमा रुचि बढ्ने छ । दाम्पत्य जीवन सुखमय हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
सरकारी निकायको भय रहला । महत्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । स्वास्थ्यमा गडबडी भई दैनिक कामकाजमा असर पर्नसक्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज शुभकार्यको चर्चा चल्ने छ । नजिकको व्यक्तिबाट कार्य पुरा हुनेछ । आकस्मिक धन लाभ हुनेछ । विश्वास गरेकाले साथ दिनेछन् ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
मन खिन्न हुने स्थिति आउनेछ । प्रेममा मनमुटावका साथै मन कमजोर रहला । मानसिक चिन्ता बढ्ने छ । दबाब र तनाव बढेको महसुस हुनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
आज शुभकार्यको चर्चा चल्ने छ । परोपकारमा रुचि बढ्ने छ । चलाखीपूर्ण बोलीले कार्य सिद्ध हुनेछ । बन्धु बान्धवबाट सहयोग पनि मिल्ने छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
आज जोश, जाँगर र हिम्मत बढ्ने छ । धर्म, कर्म तथा समाजसेवामा मन लाग्नेछ । सन्तान सुख मिल्ने छ । इच्छा र आकांक्षा पूर्ण हुनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
रमाइलो यात्राको योग रहेको छ । मानसम्मान र प्रशंसा प्राप्त हुने सम्भावना छ । नयाँ कार्यको योजना बन्ने छ । आँटेको र ताकेको कार्य पुरा होला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिने छ । पुनर्मिलनको योग रहेको छ । बन्धुबान्धवबाट सहयोग मिल्ने छ । दिनको उत्तरार्धमा धन खर्च हुनेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आज चलाखीपूर्ण बोलीले कार्य सिद्ध हुनेछ । आत्मबल बढाएर काम गरेमा असफल भइँदैन । नयाँ र शुभ समाचार सुन्नमा पनि आउला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज पुनर्मिलनको योग रहेको छ । बन्धुबान्धवबाट सहयोग मिल्ने छ । दिनको उत्तरार्धमा धन खर्च हुनेछ । कूटनीतिक नियोगको सहयोग मिल्ला ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
बिना प्रतिस्पर्धा फाइदा हुने योग छ । पार्टी पिकनिक तथा सेमिनारमा सहभागी भइएला । बौद्धिक विकास होला । धार्मिक यात्राको योग पनि छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
समाजसेवामा मन लाग्नेछ । आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्ने छ । शत्रु पराजित हुनेछन् । शैक्षिक क्षेत्रमा सफलता मिल्ने छ ।

ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया दिनुहोस्