‘गुलाब’ चक्रवातको असर नेपालमा, छिनमै पानी छिनमै घाम


१२ आश्विन २०७८, मंगलवार
kathamandu

काठमाडौं, १२, असोज । पछिल्ला दिनमा काठमाडौं उपत्यकामा छिनमै घाम लाग्ने अनि छिनमै पानी पर्ने गरेको छ । विशेषगरी अपराह्न र साँझपख मेघगर्जन, चट्याङसहित वर्षा हुने गरेको छ । यो प्रि–मनसुनको चरित्र हो ।

किन यस्तो भइरहेको छ ? यो प्रश्न मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानाङ्गलाई सोध्दा उनले भने, ‘यो मनसुनको उत्तरार्धको समय हो, मनसुन पनि बाहिरिनसकेको तर मनसुनी न्यून चापीय रेखा औसत स्थानभन्दा केही दक्षिणतिर रहेकाले काठमाडौं उपत्यकासहित देशका कयौं ठाउँमा प्रि–मनसुन चरित्रको पानी परिरहेको हो ।’

यस्तो बेला मनसुनको प्रभाव खासै नहुने, न्यून चापीय प्रणालीसँगै स्थानीय वायुको पनि प्रभाव रहने भएकाले केही छिन पानी पर्ने र फेरि घाम लाग्ने गरेको उनले बताए ।

सोमबार साँझ र राति काठमाडौंमा पानी परेको थियो । मंगलबार बिहान कर्णाली र सुदूरपश्चिम प्रदेशका एक /दुई स्थानमा हल्का वर्षा भएको छ । ८ असोजमा बंगालको खाडीमा गहिरो न्यून चापीय क्षेत्रमा बनेको ‘गुलाब’ नामक चक्रवात (सामुन्द्रिक आँधी) को अप्रत्यक्ष असर नेपालमा परेको थियो । अहिले यो आँधीको प्रभाव हटिसकेको छ । महाशाखाका अनुसार मंगलबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७