राष्ट्र सङ्घीय मुख्यालय न्युयोर्क अगाडि सयौं महिलाहरुको प्रदर्शन


१२ आश्विन २०७८, मंगलवार
protest of women infront of un uEBswaqNJz

काठमाडौं, १२, असोज । संयुक्त राष्ट्रसङ्घको मुख्यालय अगाडि सयौं महिलाहरूले प्रदर्शन गरेका छन् । अफगानिस्तानमा तालिबान समूहले महिलाका अधिकार कटौती गरेको विरोधमा उनीहरुले अमेरिकाको न्युयोर्कमा प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा उत्रिएका महिलाहरुले अफगानिस्तानमा महिला अधिकार तथा मानवअधिकारको सुनिश्चितता गर्न माग गरेका समाचार संस्था एएनआईले जनाएको छ । साथै मानव अधिकारको रक्षा गर्न राष्ट्रसङ्घलगायत विश्वको ध्यान जानुपर्नेमा पनि उनीहरुको जोड छ ।
तालिबानले सत्ता कब्जा गरी सरकार बनाएपछि अफगानिस्तानमा महिलालाई रोजगारी गर्न नदिने, सार्वजनिक कार्यक्रममा सहभागी हुन नदिने, पढ्ने बेलामा छुट्टै कक्षामा बस्नु पर्नेलगायतका नियम लागू गरेको छ ।

यसको विश्वभरबाट विरोध हुँदै आएको छ । अफगानिस्तानका उच्च शिक्षामन्त्री अब्दुल हक्कानीले विश्वविद्यालयमा महिला र पुरुषलाई अलग्गै राख्न र महिलालाई अनिवार्य नकाब लगाउन निर्देशन दिएका छन् । नयाँ व्यवस्थाअनुसार केही अफगान महिलाले आफ्नो शिर र आँखा समेत ढाक्ने चदरी भनिने नीलो कपडा लगाउन सुरु गरिसकेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७