यमन झडपमा ६७ जनाको मृत्यु


१२ आश्विन २०७८, मंगलवार
yeman ladain11632763190

काठमाडौं, १२, असोज । यमनमा भएको झडपमा परी ६७ जनाको मृत्यु भएको छ । देशको मुख्य सहर मानिने मारिबमा उनीहरू मारिएको स्रोतले सोमबार जानकारी दिएको छ । इरानको समर्थन रहेको हुथी विद्रोहीहरूलाई साउदी अरब नेतृत्वको गठबन्धन सेनाले हवाई आक्रमण गरेको थियो ।

यही महिना मात्रै अरू पनि दर्जनौं लडाकुहरू मारिएको स्रोतले जनाएको छ । मारिबमा लगातार झडप हुन थालेपछि हजारौँ स्थानीय बासिन्दा विस्थापित भएका छन् । प्रान्तभरि रहेका शरणार्थी शिविरहरूमा २० लाखभन्दा बढी शरणार्थी छन् ।

‘पछिल्लो २४ घण्टामा मारिब र शाब्वामा भएका हवाई आक्रमण तथा झडपमा परी हुथी विद्रोही र यमनी उदारवादी पक्षका गरी ६७ जनाको मृत्यु भएको छ’, सैन्य स्रोतले भन्यो । अस्पताल स्रोतले पनि ६७ जनाको मृत्यु भएको पुष्टि गरेको छ । विद्रोहीहरूले भने कहिले–कहिले मात्रै आफ्नो तर्फको क्षति स्वीकार्ने गरेका छन् । सैन्य स्रोतले दिएको जानकारीअनुसार पछिल्लो एक दिनमा साउदी अरब नेतृत्वको गठबन्धन सेनाले २० हवाई आक्रमण गरेको थियो । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७