२७ वाणिज्य बैंकको घेराबन्दी गरेपछि एनआएसी एशियाले भन्यो, ‘खुल्ला बजारको प्रतिष्पर्धाविरुद्ध’


२५ फाल्गुन २०७४, शुक्रबार
nic roshan

काठमाडौं, २५ फागुन : २७ वाणिज्य बैंंकको घेराबन्दीमा परेपछि एनआइसी एशिया बैंकले नेपाल बैंकर्स संघको निर्णय खुल्ला बजार र प्रतिष्पर्धाको विरुद्ध भएको बताएको छ । नेपाल ब्याकर्स संघको शुक्रबार बसेको आकस्मिक बैठकले एनआईसी एशियासँगको कारोबार बन्दको निर्णय गरेको हो ।nic roshan

एनआईसी एशियाले बचत र मुद्दती निक्षेपमा ग्राहकहरुलाई दिने ब्याजदरले तोकिएको सीमा उल्लंघन गरेको भन्दै अन्य ब्यांकहरुले यस्तो कदम चालेका हुन् । यसअघि, संघले बचत खातामा ८ र अन्य मुद्दती खातामा ११ प्रतिशतभन्दा बढी ब्याज नदिने सहमति गरेका थिए । तर, एनआईसी एशियाले यसको उल्लंघन गर्दै बचतमा १० र मुद्दती खातामा १२ प्रतिशत ब्याज दिने सूचना प्रकाशित गरेको भन्दै संघले कारोबार रोक्काको निर्णय गरेको हो । संघको यो निर्णयसँगै अब एनआईसी एशियाले तरलताको व्यवस्थापनका लागि राष्ट्र ब्यांकको भर पर्नुपर्नेछ । गत कात्तिकदेखि वाणिज्य ब्यांकहरुले लगानीयोग्य पूँजी अभाव (क्रेडिट क्रन्च) को समस्या भोगिरहेका छन् ।

एनआइसीले कारोबारलाई निरन्तरता दिने

कुनै पनि किसिमको अन्तर बैंक कारोबार नगर्ने भनेर बैंकर्स संघले संगठित रुपमा गरेको निर्णयलाई एनआइसी एसिया बैंकले ‘खुला बजार प्रतिष्पर्धाको अभ्यास’ बिरुद्ध भन्दै आफ्नो प्रतिक्रिया सार्वजनिक गरेको छ । बैंकले आफ्नो ब्यवसाय विस्तार गर्ने क्रमलाई निरन्तरता दिने दावी गरेको छ ।

‘सर्वजनिक मिडियामा आएको बाहेक हामीलाई धेरै कुरा थाहा छैन’ बैंकका प्रमुख सुचना अधिकृत सुधिर पाण्डेले भने, ‘हामी आफ्नै नीति अनुसार अगाडि बढ्छौं ।’ बैंकहरु बजारको संयन्त्रलाई पच्छ्याएर अगाडि बढ्नु पर्छ । त्यसलाई अवरुद्ध गरेर जाँदा झन् ठूलो समस्या आउँछ । हामी लामो समय शान्त पनि बसेका हौं । सबै जना मार्केट इक्युलिबिरियम अनुसार चल्नु पर्छ । सबैजना संयमित भएर जानु पर्छ । कुनै पनि संस्था समस्यामा आउँदा समग्र प्रणालीलाई असर पर्छ । टिकाउ रुपमा अगाडि बढ्नु पर्छ ।

गत शुक्रबार एनआइसी एसिया सहितको बैठकमा बैंकर्स संघले बचत खातामा ८ र मुद्दति खातामा ११ प्रतिशतभन्दा बढी ब्याज नदिने सहमति गरेको थियो । यो सहमति विपरीत एनआइसी एसियाले बचतमा १० र मुद्दतिमा १२ प्रतिशत ब्याज दिएपछि संघको आज बसेको आकस्मिक बैठकले एनआइसीसँग कुनै पनि प्रकारको आन्तर बैंक कारोबार नगर्ने निर्णय गरेको छ । यही निर्णयलाई एनआइसीले ‘खुला बजार प्रतिष्पर्धाको अभ्यासबिरुद्ध’ को कदम भनेको हो । बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत रोशन न्यौपानेले बैंकले निक्षेप उठाएर कर्जा लगानी गरिरहेको जानकारी दिँदै आफ्नो गतिमा बढिरहेको बताए ।

उनले सर्बसाधारणको १२४ अर्ब रुपैयाँ निक्षेप बोकेको बैंकप्रति असहज ब्यवहार गर्दा समग्र प्रणालीलाई नै अप्ठेरो पर्ने भन्दै त्यस्तो अभ्यास कसैले पनि गर्न नहुने बताए । उनले बैंकहरु बजारको संयन्त्रलाई पच्छ्याएर अगाडि बढ्नु पर्ने भन्दै त्यसलाई अवरुद्ध गरेर जाँदा झन् ठूलो समस्या आउने बताए ।‘’हामी लामो समय शान्त पनि बसेका हौं,’ उनले भने, ‘सबै जना मार्केट इक्युलिबिरियम अनुसार चल्नु पर्छ । सबैजना संयमित भएर जानु पर्छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७