माओवादीको स्थायी कमिटी बैठक स्थगित


१२ आश्विन २०७८, मंगलवार
Perishdanda 2

काठमाडौं, १२, असोज । नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक स्थगित भएको छ । आज (मंगलबार) दिउँसो ३ बजेका लागि बोलाइएको बैठक सारिएको केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिए । उनका अनुसार बैठक भोलि बिहान ११ बजे बस्नेछ ।

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को कार्य व्यस्तताका कारण बैठक सारिएको उनले बताए । आज बोलाइएको बैठकमा विभिन्न सम्मेलनको मिति टुंग्याउने, सल्लाहकार, ज्येष्ठ कम्युनिस्ट मञ्च, आयोगहरुको फर्मेसन गर्ने एजेण्डा थियो ।

राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज भएसँगै सरकारमा जाने मन्त्रीका विषयमा टुंगो लगाउन बैठक सारिएको हुन सक्ने एक नेताले बताए । उनका अनुसार मन्त्री छान्ने जिम्मा अध्यक्ष प्रचण्डलाई दिइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७