ताप्लेजुङमा चिनियाँ सामग्रीको वर्चश्व तोडिँदै


१२ आश्विन २०७८, मंगलवार
yangma

ताप्लेजुङ, १२, असोज । तीन वर्ष अगाडि चीनको सीमावर्ती क्षेत्रमा नेपाली सामग्री पाउन मुस्किल हुन्थ्यो । चीनका सामग्री मात्र पाइने यी क्षेमा हिजोआज चिनियाँ सामग्री पाउन छोडेको छ । कोभिड-१९ को कारणले दुई वर्षभन्दा वढी नाका बन्द भएसँगै चिनियाँ सामग्री आयत नहुँदा नेपाली बजारको भर पर्न थालेको हो ।

ताप्लेजुङको उत्तरी क्षेत्र फक्ताङलुङ–७ गाउँपालिकाको ओलाङचुङगोला, याङमा, घुन्सा क्षेत्रहरूमा विगतदेखि नै चीनको बजारमा निर्भर हुर्दै आएको छ । तर, कोभिड-१९ का कारणले यी सीमाक्षेत्रका समुदायहरूले नेपाली बजारमा निर्भर हुँदै गएको छ ।

चीन र नेपालको व्यापारिक केन्द्र ओलाङचुङगोला हो । दुई वर्ष अगाडि चीनका खाद्य तथा लताकपडा लगायतका आवश्यक सामग्री प्रत्येक पसलहरूमा पाइन्थ्यो । तर, अहिले ओलाचुङगोलामा रहेका पसलहरूमा चीनको आवश्यक सामग्री पाइँदैन । कोभिडको कारणले ओलाङचुङगोला क्षेत्रका टिप्ताला नाका बन्द भएको तीन वर्ष हुन लाग्यो । नाका बन्द हुँदा चीनबाट सामग्री निर्यायतमा रोक्का भएपछि नेपाली बजामा निर्भर हुन बाध्य भएको ओलाङचुङगोलाका स्थानीय व्यापारी वङग्या शेर्पाले बताए । ‘मेरो पसलमा चीनको सामग्री मात्र हुन्थ्यो । तर, अहिले चीनको सामग्री केही पनि छैन’, उनले भने ।

शेर्पाको मात्र होइन ओलाङचुङकामा तामाङ समुदायको ५३ घर परिवार बसोवास गर्दै आएका छन् । १० घर याङमा गाउँमा बसोवास गर्दै आएका छन् । यी प्रत्येक घरमा चीनका खाद्य सामग्रीदेखि अन्य आवश्यक सामग्री पाइन्थ्यो ।

तर, अहिले सबैको घरमा चिनीयाँ सामग्री नभएको स्थानीय नुपु शेर्पाले बताए । चीनको व्यापारिक केन्द्र भएकाले ओलाचुङगोलामा चीनका सामग्रीको बजार विगतमा राम्रो खपत हुन्थ्यो । गोला हुँदै ताप्लेजुङका विभिन्न क्षेत्रमा चीनको सामग्री पुग्थ्यो । व्यापारीहरू चीनको सामग्रीका लागि गोला पुगेर सामान लिएर जाने गरेको शेर्पाले बताए ।

कोभिडका कारणले नाका बन्द भएपछि चीनको सामग्री आयात हुन नसक्दा चिनियाँ सामग्री अभाव हुँदै आएको स्थानीयहरूको भनाइ छ । ओलाङचुगोलामा विकास निर्माणका लागि तल्लो क्षेत्रका समुदायहरूले पनि पहिलो रोजाइमा पर्ने चीनका सामग्री नै रहेको फक्ताङलुङ गाउँपालिका-६ फेम्बुका विर्ख लिम्बूले बताए । ‘हामी दुई महिना कामको लागि ओलामा बस्यौँ । चीनका खाद्य सामग्री खोज गर्दा पनि पाएनौं’, उनले भने । नेपाली बजारमा पाइने सामग्री भन्दा चीनको कम मूल्यमा राम्रो सामग्रीहरू पाइने उनी बताउँछन् ।

नाका बन्द भएपछि चीनदेखि आवश्याक सामग्री आयत नहुँदा सीमाक्षेत्रका समुदाहरूलाई समस्या हुँदै आएको याङमा गाउँका स्थानीय ठावा शेर्पाले बताए । नेपाली खाद्य सामग्री हिमाली क्षेत्रमा पुर्‍याउन खरिद मूल्यभन्दा तीन गुणा बढी ढवानी खर्च लाग्ने शेर्पाले बताए ।

चीनबाट टिप्ताला नाका हुर्दै आलाङचुङगोलामा सामग्री ल्याउँदा खासै ढुवानीमा खर्च नहुने शेर्पाले बताए । याङमादेखि पनि चीनको रिउ बजार आवतजावत गर्ने नाका रहेको याङमाका स्थानीय टासी फिम्जो शेर्पाले बताए । तर, यो नाका पनि दुई वर्षदेखि बन्द भएको याङमाका स्थानीहरूले बताए । कोभिड-१९का कारणले चीनतर्फको नाकाहरू बन्द हुँदा सीमा क्षेत्रका समुदायहरूले नेपाली बजारमा निर्भर हुन थालेको याङमाका स्थानीहरूको भनाइ छ । दिलकुमार लिम्बू /न्युज कारखाना

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७