संसदको गतिरोध खोलिदिन ओलीलाई देउवाको आग्रह


१२ आश्विन २०७८, मंगलवार
kp oli deuwa

काठमाडौं, १२, असोज । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई संसदको अवरोध हटाई दिन आग्रह गरेका छन् ।

मंगलबार बिहान कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई बालकोट पठाएर देउवाले ओलीसँग सम्बन्ध सुधारको प्रस्ताव अघि सारेका हुन् । ‘सरकार र प्रतिपक्षीबीच यस्तो तनावपूर्ण अवस्था रहिरहनु राम्रो होइन । तपाईं हामी सम्बन्ध सुधार गरेर अघि बढौं’, देउवाको सन्देश सुनाउँदै कार्कीले बालकोटमा भने, ‘संसदमा पनि लामो समयदेखि तनावको अवस्था छ । सरकार र प्रतिपक्षी मिलेर अघि बढ्दा देशमा पनि राम्रो सन्देश जान्छ ।’

देउवाले कार्कीमार्फत ओलीलाई संसदमा रहेको गतिरोध फुकाई दिन पनि पनि आग्रह गरेक थिए । ‘अब सम्बन्ध सुधार गरेर जाऊँ । संसदमा पनि गतिरोध कायमै छ । त्यसलाई पनि तपाईंहरुले हटाइदिएर जाऊँ’, देउवाको सन्देश सुनाउँदै कार्कीले भने, ‘अन्य विषयमा हामी छलफल गरेर अघि बढ्न सकिन्छ । पहिले यो गतिरोध हटाई दिनुस् ।’

प्रधानमन्त्री देउवाले यसअघि पनि कानुनमन्त्रीलाई ओली समक्ष पठाएर सम्बन्ध सुधारको पहल गरिरहेका छन् । एमालेको अवरोधका कारण लामो समयदेखि संसदका दुबै सदन सहज रुपमा चल्न सकिरहेको छैन ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७