७ र ८ कात्तिकमा ‘भिटामिन ए’ खुवाउने अभियान


१२ आश्विन २०७८, मंगलवार
vitamin

काठमाडौं, १२, असोज । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी ७ र ८ कात्तिकमा भिटामिन खुवाउने अभियान सञ्चालन गर्ने भएको छ । यसअघि २ र ३ कात्तिकमा तय भएको अभियान दशैंका कारण मिति सारिएको हो ।

स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाको सिफारिसमा तोकिएको मितिमा बालबालिकालाई भिटामिन ‘ए’, जुकाको औषधिसँगै बालभिटा पनि दिइनेछ ।

जसमा ६ महिनादेखि २३ महिनाका बालबालिकालाई बालभिटा (बहुसूक्ष्म पोषक तत्व), ६ देखि ५९ महिनाका बालबालिकालाई भिटामिन ‘ए’ र एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाइदै छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको पनि सहजीकरणमा हुने कार्यक्रम ७५३ वटै स्थानीय तहमा सञ्चालन हुनेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७