तारा एयरले असोज २३ देखि पोखरा–जोमसोम नियमित उडान भर्दै


१२ आश्विन २०७८, मंगलवार
tara airlines

काठमाडौं, १२, असोज । यती एअरलाइन्सको भगिनी संस्था तारा एयरले आउँदो असोज २३ देखि पोखरा–जोमसोम उडान गर्ने भएको छ ।
नेपालमा कोरोना सङ्क्रमण देखिएसँगै बन्द रहेको धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिर खुला गरेसँगै तारा एयरले पनि आफ्नो उडानलाई सुचारु गर्न लागेको हो । यती एअरलाइन्सका प्रवक्ता एवम् हवाइ सुरक्षा प्रमुख सुदर्शन बर्तौलाले नजिकिँदो चाडपर्व र मुक्तिनाथ दर्शनका लागि जाने यात्रुलाई लक्षित गरेर पोखरा–जोमसोम उडान नियमित सञ्चालन गर्न लागेको जानकारी दिए ।

‘विगतका वर्षहरुमा जस्तै पोखरा विमानस्थलमा नै जहाज राखेर तारा एयरको १९ सिटे विमानमार्फत दैनिक उडान गर्न लागेका छौं’, उनले भने । कोरोना महामारीका कारण बन्द हुनुभन्दा पहिले ताराले पोखरा–जोमसोम यात्रुको चाप हेरेर दैनिक पाँच वटा सम्म उडान भर्दै आएको थियो ।

जोमसोममा दिउँसो हावा चल्ने भएकाले वायुसेवाहरुले बिहान १२ बजे भित्र नै उडानहरु भर्नुपर्ने हुन्छ । दुर्गममा उडान गर्ने वायुसेवाहरुमा तारा एअरले मात्र पोखरा, नेपालगञ्ज र काठमाडौंमा नियमित वायुयान राखेर दुर्गममा सेवा दिँदै आएको छ । तारा एयरसँग हाल दुर्गममा उडान गर्ने ४ वटा टुइनअटर वायुयान रहेको छ । ताराले लुक्ला, फाप्लु, सिमिकोट, डोल्पा, मुगु, जुम्ला, बाजुरालगायत दुर्गमका विमानस्थलहरुमा नियमित तथा चार्टर उडान भर्दै आएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७