नालामा डुबेको अवस्थामा शव फेला


१२ आश्विन २०७८, मंगलवार
death

सर्लाही, १२, असोज । सर्लाहीको हरिवनमा नालामा डुबेको अवस्थामा एक पुरुषको शव फेला परेको छ । मंगलवार हरिवन नगरपालिका–११ स्थित हरिवन बजार क्षेत्रको नालामा डुबेको अवस्थामा पुरुषको शव फेला परेको ईलाका प्रहरी कार्यलय हरिवनमा प्रहरी निरीक्षक भुपेन्द्र गिरीले जानकारी दिए ।

हरिवनमा वर्षाैदेखि बस्दै आएका जुम्ली भनिनै अन्दाजी ५० वर्षका पुरुषको रहेको निरीक्षक गिरीले जानकारी दिए । स्थानीयले पानीमा डुबेको अवस्थामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । पोष्टमार्टमका लागि शव जिल्ला अस्पताल मलंगवा पुर्‍याइएको र घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७