गुल्मीका कमल नेपाली मलेसियामा बेपत्ता, दशैंको मुखमा घर परिवार चिन्तामा


१२ आश्विन २०७८, मंगलवार
Kamal Nepali

गुल्मी, १२, असोज । दशैं नजिक भएकाले थुप्रै नेपाली परिवार परदेशीको प्रतीक्षामा छन् । परदेश पसेकाको पनि सकेसम्म दशैं–तिहारमा घर फर्कने योजना बनेको हुन्छ । तर, गुल्मीको रेसुंगा नगरपालिका–७ का कमल नेपाली परदेशमा बेपत्ता भएका छन् । करिब एक महिना पुग्न थाले घर परिवारसँग सम्पर्क नभएको ।

३६ वर्षीय कमल नेपाली २१ भदौदेखि परिवारको सम्पर्कमा नभएको उनकी श्रीमती माया नेपालीले जानकारी दिइन् । कमल ०६८ सालदेखि मलेसियामा काम गर्छन् । परिवारलाई २३ भदौमा कमलका साथीहरूले मलेसियाबाट फोन गरेर प्रहरीले पक्राउ गरेको जानकारी दिएका थिए । घर परिवारलाई कमलको वास्तविक अवस्था जानकारी छैन । अन्योलता र अनेक आशंकाले कमलकी श्रीमती मायाको रुँदारुँदै आँशु सकिन थालेको छ ।

आमा र श्रीमती भएर गुहार माग्दै तम्घासमा आएका छन् । कम्पनीले पनि कुनै वास्ता नगर्ने र साथीहरूले पनि वास्तविक कुरा नगर्दा पीडाले तड्पिएको श्रीमती मायाले गुनासो गरिन् । उनले परदेशको कुरा आफूहरूले के गर्ने र कसो गर्ने निर्णय नै गर्न नसकेको मायाको भनाइ छ । मलेसियामा कमलसँग धुर्कोट गाउँपालिका–६ का धनुष जिसी बस्थे । उनले दिएको सूचनाका आधारमा प्रहरीले पक्राउ गरेको हो । तर, परिवार त्यो मात्रै कारण मान्न तयार छैन । न्यूज कारखाना

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७