सभामुखद्वारा बजेटसम्बन्धी दुई विधेयक प्रमाणीकरण


१२ आश्विन २०७८, मंगलवार
agni sapkota 1

काठमाडौं, १२, असोज । संघीय प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले बजेटसम्बन्धी दुई विधेयक प्रमाणीकरण गरेका छन् ।
सभामुख सापकोटाले नेपालको संविधानको धारा १११ बमोजिम संघीय संसदका दुवै सदनबाट पारित भएका आर्थिक विधेयक, २०७८ र राष्ट्र ऋण उठाउने विधेयक, २०७८ मंगलबार प्रमाणीकरण गरेको संसद् सचिवालयले जनाएको छ ।

सभामुखद्वारा प्रमाणित विधेयकहरु संविधानको धारा ११३ (१) बमोजिम प्रमाणीकरणका लागि राष्ट्रपतिको कार्यालयमा पठाइने छ । बजेटसम्बन्धी तीनमध्ये विनियोजन विधेयक यसअघि नै प्रमाणीकरण भइसकेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७