१० बुँदे धेरै ठाउँमा कार्यान्वयन भइसक्यो, समस्या भएकोमा मिलाउँदै जान्छौं : भीम रावल


१२ आश्विन २०७८, मंगलवार
bhim rawal

काठमाडौं, १२, असोज । नेकपा (एमाले) को १० बुँदे सहमति कार्यान्वयनमा देखिएका समस्या समाधान गर्न गठित उच्चस्तरीय कार्यदलको बैठकले सहमति कार्यान्वयनमा देखिएका समस्यालाई समाधान गर्ने विषयमा छलफल गरेको छ ।

आज (मंगलबार) एमाले पार्टी कार्यालय बबरमहलमा बसेको बैठकमा १० बुँदे सहमतिको केही बुँदा कार्यान्वयन भइसकेको र सहमतिका अरू बुँदाको कार्यान्वयन गर्ने विषयमा छलफल भएको कार्यदल संयोजक भीम रावलले जानकारी दिए ।

उपाध्यक्ष रावलले असार २७ मा भएको १० बुँदे सहमति धेरै ठाउँमा कार्यान्वयन भइसकेको बताएका छन् । १० बुँदे सहमति कार्यान्वयन, एमाले केन्द्रीय सदस्यमा नयाँ मनोनयन र विधान महाधिवेशनका क्रममा आउने समस्या समाधानका लागि बनाइएको कार्यदल संयोजक रावलले अब विस्तारै सबै मिल्दै जाने बताए रावलले समस्या देखिएका ठाउँमा समाधान गर्दै जाने पनि बताएका छन् । ‘जहाँ–जहाँ समस्या छन् त्यही अनुसार समाधान गर्छौ’, उनले भने, ‘नीतिगत व्यवस्था गरेर हामी मिलाउँछौं ।’

त्यस्तै बैठकमा विधान महाधिवेशनमा हुने प्रतिनिधित्वका विषयमा देखिएका समस्याहरू समाधानका लागि छलफल भएको उनले बताए । विधान महाधिवेशनमा प्रतिनिधित्वका लागि उपयुक्त विधि र संरचनागत समाधानका विभिन्न उपायहरूमाथि छलफल भएको उनले जानकारी दिए । कार्यदलमा नेताहरू ईश्वर पोखरेल, विष्णु पौडेल, घनश्याम भुसाल, शंकर पोखरेल, सुरेन्द्र पाण्डे र लेखराज भट्ट रहेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७