काठमाडौं कपनबाट चार वर्षका बालकको अपहरण


२०७८ असोज १२ मंगलबार ०२:५९ बजे

काठमाडौं, १२, असोज । काठमाडौंको कपनबाट चार वर्षीय बालकको अपहरण भएको छ । सोमबार दिउँसो साढे ४ बजे कपनका ४ वर्षीय पीयुष शर्मा अपहरणमा परेको काठमाडौं प्रहरी स्रोतले जानकारी दिएको छ ।

बालकलाई घरबाटै एक व्यक्तिले अपहरण गरेको र उनको पहिचान समेत भइसकेको प्रहरीको दाबी छ । स्रोतका अनुसार भारतको बिहारका शर्माको अपहरण भारतकै शंकर दासले गरेका छन् । परिवारले जानकारी दिए लगत्तै खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ ।

शंकर पनि नजिकैको अर्को टहरामा बस्थे । दासले सार्वजनिक बसमा चाबहिलको गोपीकृष्णसम्म पुर्‍याएको र त्यहाँबाट वीरगञ्ज जाने बस चढेको आशंका प्रहरीको छ । उनी भारततर्फ भागेको आशंकामा प्रहरीले खोजी कार्य तीव्र बनाएको छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७