सडक र खानेपानी विभागका कारण अण्डर ग्राउण्ड केवल बिछ्याउन समस्या : कुलमान


१२ आश्विन २०७८, मंगलवार
kulman 1

काठमाडौं, १२, असोज । नेपाल विद्युत प्राधिकरणले सडक विभाग, खानेपानी विभागलगायतका निकायका कारण अण्डर ग्राउन्ड केवल बिछ्याउने कामले गति लिन नसकेको स्पष्ट पारेको छ ।

प्राधिकरणका प्रबन्ध निर्देशक कूलमान घिसिङले अन्डर ग्राउण्ड केवल बिछ्याउने काममा सडक विभाग, खानेपानी विभागलगायतका कारण समस्या खडा भएको उल्लेख गर्दै समस्या समाधानका लागि प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयले पहल गरिरहेको पनि जानकारी दिए ।

उनले ती समस्या समाधान गरेर मुलुकमा सूचना प्रविधि क्षेत्रको विकासमा आवश्यक सहयोग पुर्‍याउन प्राधिकरण प्रतिवद्ध रहेको पनि बताए । मंगलबार काठमाडौंमा आयोजित ‘नेपालमा सूचना प्रविधि प्रयोगको अवस्था र चुनौति’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले नेपालको सूचना प्रविधि क्षेत्रको विकासमा प्राधिकरणले महत्वपूर्ण भूमिका निर्वाह गरेको दावी समेत गरे ।

उनले करिव ९५ प्रतिशत नेपालीहको घरमा विद्युतीकरण भईसकेको उल्लेख गर्दै त्यसले पनि सूचना प्रविधिको विकासमा उल्लेखनीय योगदान पुर्‍याउन सघाउ पुर्‍याएको स्मरण गराए । घिसिङले नेपाल विद्युत प्राधिकरणले कन्जुमरहरुबाट बार्षिक ७० अर्व आयआर्जन गर्ने जानकारी पनि दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७