संसदले काम गरेन, गठबन्धनले चुनाव गराए हुन्छ : ओली

एमसीसीबारे ओलीको उल्टै प्रश्न : ताप्के नताती बिँड मात्र तातेर के हुन्छ ?


१२ आश्विन २०७८, मंगलवार
243265458 240819364536557 1154534673919516556 n

काठमाडौं, १२, असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ताजा जनादेशको आवश्यकता रहेको बताएका छन् । आज ९मंगलबार० विभिन्न सञ्चारमाध्यमका सम्पादकहरुसँगको अन्तरक्रियामा उनले यस्तो बताएका हुन् ।

‘प्रतिनिधि सभा चलेन’, उनले भने, ‘ताजा जनादेश आवश्यक छ । हामी कांग्रेससँग पनि मिल्नु पर्दैन । उहाँहरुले नै निर्वाचन गराए पनि हुन्छ । तर ताजा जनादेशमा जानुपर्छ ।’ उनले सभामुखको भूमिका निष्पक्ष हुन नसकेको भन्दै निर्वाचन आयोग पनि त्यस्तै रहेको आरोप लगाए ।
एमसीसीबारे ओलीको उल्टै प्रश्न : ताप्के नताती बिँड मात्र तातेर के हुन्छ ?
ओलीले एमसीसीबारे एमाले सकारात्मक रहेको संकेत गरेका छन् । अध्यक्ष ओलीले एमसीसीका विषयमा अग्रसरता लिनुपर्ने सरकार मौन बसेको भन्दै आफ्नो मात्र चाहनाले एमसीसी पास नहुने बताएका हुन् । ‘एमसीसीबारे हामीसँग परामर्श गर्नु भएको छैन । सरकारले यसमा रुचि र चासो राखेको छैन । हामीसँग त १०० सिटको हाराहारीमा छ । हामी उफ्रिएर मात्रै के हुन्छ रु’, ओलीले भने, ‘ताप्के नताती बिँड तारेर के हुन्छ ?’

उनले सत्ता गठबन्धनमा १६५ सिट रहेको भन्दै उसले चाहे एमसीसी पास हुने र नचाहे फेल हुने बताए । ओलीले सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्दा एमसीसीबारे केही नबोलेकाले आफूले सम्झाएपनि अहिलेसम्म स्पष्ट रूपमा नबोलेको बताए ।

‘एमसीसी गर्ने पार्टी कांग्रेस र माओवादी हुन् । दुईटा गठबन्धनका नाइके पनि हुन्’, ओलीले भने, ‘न्यूनतम कार्यकम र नीति तथा कार्यक्रममा नदेखिएकाले मैले संसद्मा सम्झाएँ । सरकारले बिर्सिएको त होइन भनें । अहिले पनि जान्न चाहन्छु, एमसीसीमा सरकारको के हो दृष्टिकोण रु’ ओलीले प्रधानमन्त्री हुँदा एमसीसी पारित गर्न खोजे पनि सभामुखको असहयोगका कारण सम्भव नभएको बताउँदै आएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७