संस्कृत विद्यालयका शिक्षकलाई डिजिटल शिक्षा तालिम प्रदान गर्न सनराइज बैंकले दियो दुई लाख


१२ आश्विन २०७८, मंगलवार
IMG 32541632843456 scaled

काठमाडौं, १२ असोज । सनराइज बैंकले १४औं वार्षिक उत्सवको अवसरमा दरबार हाई स्कूल अन्तर्गत संस्कृत माध्यमिक विद्यालयलका शिक्षकहरुका लागि ल्यापटप खरिद गर्न जोन्ता क्लबलाई दुई लाख रुपैयाँ सहयोग गरेको छ।

शिक्षकहरुलाई प्राविधिक शिक्षा सम्बन्धी तालिम प्रदान गर्न आर्थिक सहयोग गरेको बैंकले जानकारी दिएको छ।

यस अघि बैंकले भानु माविका विद्यार्थीहरुलाई डिजिटल कक्षा सञ्चालन गर्न जोन्ता क्लब काठमाडौलाई तीन लाख रुपैंया सहयोग गरेको थियो।


बैंकका प्रमुख कार्यकारी अधिकृत श्री सुमन शर्माले सस्ंकृत माध्यमिक विद्यालयलका प्रधानअध्यापक शिव राज अधिकारीको उपस्थितीमा जोन्ता क्लबका अध्यक्ष सीमा गोल्छालार्ई चेक हस्तान्तरण गरेका हुन्।

उक्त सहयोगले सरकारी विद्यालय, शिक्षक र विद्यार्थीहरुलाई धेरै प्रोत्साहन मिल्ने गोल्छाले बताइन्।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७