पाँच वर्षीय बालकले ‘शत्रु गतेको गीत गाएर पारे सबैलाई चकित (भिडियो)


२५ फाल्गुन २०७४, शुक्रबार
satru gate पाँच वर्षीय बालकले शत्रु गतेको रूपै मोहनी गीत गाएर पारे सबैलाई चकित भिडियो 2007

काठमाडौं, २५ फागुन । फिल्म हलमा चलिरहेको फिल्म ‘शत्रु गते’को रूपै मोहनी गीत गाएर पाँच वर्षीय बालकले चकित पारेका छन् । उनको नाम आर्यन रेहान बुढाथोकी नाम गरेका ५ वर्षीय बालकले रुपै मोहनी गीत गाएर सबैलाई चकित बनाएका हुन् । ति बालक अरु कोही नभएर चर्चित गायक तथा सङ्गीतकार टंक बुढाथोकीका छोरा हुन्।satru gate पाँच वर्षीय बालकले शत्रु गतेको रूपै मोहनी गीत गाएर पारे सबैलाई चकित भिडियो 2007
आर्यनले आफ्नो बाबुकै गीत गाएका हुन् । आर्यनले बहुप्रतिक्षित चलचित्र ’शत्रु गते’ को चर्चित गीत ‘रुपै मोहनी’ बोलको गीत निकै राम्रो सँग गाएका छन्। उनले अरु थुप्रै गीतको कभर गीत पनि गाएका छन्।
आर्यनले गाएका सबै जसो कभर गीतहरू चर्चा बटुल्न सफल भएका छन्। बाबु जस्तै आर्यन पनि अहिलेदेखि नै संगीत क्षेत्रमा चर्चामा आउन थालिसकेका छन् भने संगीत क्षेत्रमै आफूलाई चिनाउदैछन्।
आर्यन उमेरले निकै सानो छ तर उसको गीत सुन्दा र उसको हाउभाउ हेर्दा लाग्छ उनी बाबुकै पछि लाग्ने छन्। उनले यदि संगीत क्षेत्रमा निरन्तरता दिदैँ जाने हो भने पक्कै उनी चर्चित कलाकार बन्नेमा दुई मत छैन।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७