आफ्नो आकाशमा ड्रोन गस्ती रोक्न अफगान अधिकारीको अमेरिकालाई आग्रह


१३ आश्विन २०७८, बुधबार
112 Shares
america drone dTOqc3oF5w

काबुल, १३ असोज । अफगानिस्तानका सरकारी अधिकारीले संयुक्त राज्य अमेरिकालाई अफगान आकाशमा पाइलटविहीन ड्रोन गस्ती रोक्न आग्रह गरेका छन् ।

अन्तर्राष्ट्रिय समुदाय र विशेष गरी अमेरिकाले अफगान सरकारप्रति आफ्नो प्रतिबद्धतालाई ध्यान दिनुपर्ने र अफगान आकाशमा अतिक्रमण गर्न नहुनेमा तालिबान सरकारले जोड दिएको हो । अमेरिकाले हवाई आकाशमा ड्रोन गस्ती गरेर अफगानिस्तानको सार्वभौमिकताको उल्लङ्घन गरेको भन्दै तालिबान सरकारका अधिकारीले आपती जनाएका हुन् ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

तालिबानले सरकारले अन्तर्राष्ट्रिय कानुनअन्तर्गत सबै देशहरू आफ्नो राज्यको क्षेत्रीय तथा वायु सार्वभौमिकताको एक मात्र मालिक हुन् भन्नेमा पनि जोड दिएका छन् । ‘अफगानिस्तानको एकमात्र कानुनी संस्थाको रूपमा अफगानिस्तानको इस्लामिक इमिरेट अफगानिस्तानको भूमि र हवाई क्षेत्रको संरक्षक हो ।

तर संयुक्त राज्य अमेरिकाले हालै कतारको दोहामा इस्लामिक इमिरेटप्रति गरिएका सबै अन्तर्राष्ट्रिय कानुन र संयुक्त राज्य अमेरिकाको प्रतिबद्धताको उल्लङ्घन गर्दै ड्रोन गस्ती गरेको छ,’ एक अफगान अधिकारीहरूले भने । अफगानिस्तानमा इस्लामिक स्टेट (आइएस) लडाकूहरूले गतिविधि सञ्चालन गर्न सक्ने भन्दै अमेरिकाले कतारबाट अफगानी भूमिको गतिविधिलाई नियालीरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । एजेन्सी

jagdamba.cement
rbbbb

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७