भ्रष्टाचार गरेको अभियोगमा अल्जेरियाका दुई पूर्व प्रधानमन्त्रीलाई जेल सजाय


१३ आश्विन २०७८, बुधबार

काठमाडौं, १३ असोज । अल्जेरियाका दुई जना पूर्व प्रधानमन्त्रीलाई अदालतले जेल सजायको फैसला सुनाएको छ । पूर्व राष्ट्रपति अब्डेलाजिज बौटेफ्लीकाको कार्यकालमा प्रधानमन्त्री भएका दुई नेतालाई अदालतले जेल सजायको फैसला सुनाएको हो ।

पूर्व प्रधानमन्त्री अहमद ओयुयाहीयालाई छ बर्ष र अर्का पूर्व प्रधानमन्त्री अब्डेल्मालेख सेल्लाललाई त्यहाँको अदालतले पाँच वर्ष जेल सजायको फैसला सुनाएको छ । उनीहरुलाई सार्वजनिक शक्ति र सम्पत्तिको दुरुपयोग गरी भ्रष्टाचार गरेको लगायतका अभियोगमा जेल सजाय सुनाइएको हो ।

सरकारी अधिकारीहरुका लागि राज्यले बनाउन लागेको आवासीय भवन बनाउने क्रममा अनियमितता गरेको विषयलाई अदादतदृ मुख्य मुद्दा बनाएको छ । भवन निर्माण समितिका प्रमुख हमिद मेल्जीलाई भने यसअघि नै पाँच वर्षको जेल सजाय तोकिएको थियो ।

दुई पूर्व प्रधानमन्त्रीविरुद्ध भवन बनाउने क्रममा अनियमितता गरेर राष्ट्रको अर्थतन्त्रमा नकारात्मक असर पारेको आरोप छ । पूर्व प्रधानमन्त्री ओयुयाहीया सन् १९९५ देखि २०१९ सम्ममा चार पटक प्रधानमन्त्री बनेका थिए । त्यसैगरी अर्का पूर्व प्रधानमन्त्री सेल्लालले सन् २०१४ देखि २०१७ सम्म प्रधानमन्त्री थिए । उनी बौटेफ्लीकाको चारवटै निर्वाचनको मुख्य व्यवस्थापक पनि थिए ।

अल्जेरियाका तत्कालीन राष्ट्रपति बौटेफ्लीकले गत सन् २०१९ मा राजीनामा दिएका थिए । आम नागरिकको आन्दोलन र सेनाको दवावका कारण उनले पदबाट राजीनामा दिएका थिए । यही सेप्टेम्बर महिनामा ८४ बर्षको उमेरमा उनको निधन भइसकेको छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७