नेता बर्षमान पुन उपचारका लागि बैंकक प्रस्थान

काठमाडौं, १३ असोज । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन आज बिहान उपचारका लागि बैंकक प्रस्थान गरेका छन् । हिमालयन एयरलाइन्सको जहाजबाट पूर्वमन्त्री पुन बुधबार बिहान ७ बजे बैंककतर्फ लागेका हुन् ।
पूर्व अर्थ / ऊर्जामन्त्री एवं माओवादी केन्द्रका केन्द्रीय कार्यालय इञ्चार्ज पुन नेपालका वरिष्ठ चिकित्सकहरूको सल्लाह बमोजिम थप उपचारका लागि बैंकक गएका हुन् । साथमा पूर्व सभामुख तथा नेता पुनकी पत्नी ओनसरी घर्ती पनि छन् ।