हत्या मुद्दामा सर्वाेच्चबाट जन्मकैद सुनाइएका फरार अभियुक्त पक्राउ


१३ आश्विन २०७८, बुधबार
pakrau
फाइल फोटो

सप्तरी, १३ असोज । हत्या मुद्दामा सर्वाेच्च अदालतबाट जन्मकैद फैसला भए पनि फरार रहेका एक जना अभियुक्तलाई सप्तरी प्रहरीले पक्राउ गरी कारागार चलान गरेको छ ।

सप्तरीको विष्णुपुर–६ का मुनोजकुमार यादवलाई कारागार चलान गरिएको सप्तरीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए ।

उनका अनुसार ५ वैशाख २०६५ मा राजविराज नगरपालिका ८ का रामएकल सिंहको हत्या भएको थियो । उक्त मुद्दामा सर्वोच्चले १७ मंसिर ०७४ मा यादवलाई दोषी ठहर गर्दै जन्मकैद फैसला गरेपनि उनी फरार थिए । फरार रहेका यादव राजविराजबाट पक्राउ परेका हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७