मेस्सीको गोल, सिटीमाथि पिएसजीको जित


१३ आश्विन २०७८, बुधबार
FB IMG 1632869595277

काठमाडौं, १३ असोज । स्टार खेलाडी लियोनल मेस्सीले फ्रेन्च क्लब पेरिस सेन्ड जर्मेन (पिएसजी) सँग अनुबन्ध भएपछि पहिलो पटक गोल गरेका छन् ।

मेस्सीले युईएफए च्याम्पियन्स लिग अन्तर्गत समूह ’ए’को दोस्रो चरको खेलमा प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटीलाई २–० गोल अन्तरले पराजित गर्दा पिएसजीका लागि पहिलो गोल हो । घरेलु मैदान पार्क डे प्रीन्सेसमा यो मेस्सीको पहिलो गोल हो । पिएसजीको जितमा मेस्सी र इड्रीशा गुयेले १ /१ गोल गरे ।

प्रतिस्पर्धात्मक खेलमा इन्ड्रिशाले खेलको आठौं मिनेटमा गोल गर्दै पिएसजीलाई अग्रता बनाए । दोस्रो हाफको ७४ मिनेटमा मेस्सीले दोस्रो अग्रता बनाए । खेलको ७४ मिनेटमा केलियन एम्बाप्पेको पासमा मेस्सीले गोल गरे । एमबाप्पेसग वान टु पास खेल्दै मेस्सीले २० यार्डबाट गोल गरेका थिए । बार्सीलोनाबाट पिएसजी आएपछि मेस्स्सीले चौथो खेलमा गोल गरेका हुन् ।

जितसँगै पिएसजी समूह ’ए’ को शीर्ष स्थानमा छ । २ खेलबाट ४ अंक छ । पराजित म्यान सिटीको भने २ खेलबाट ३ अंक छ । समूहको अर्को खेलमा क्लब ब्रुगले आर बी लाइपजिगलाई २–१ गोल अन्तरले पराजित गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७