ईपीएल क्रिकेटमा आज दुई खेल हुँदै


१३ आश्विन २०७८, बुधबार
lalitpur1632881954

काठमाडौं, १३ असोज । एभरेष्ट प्रिमियर लिग ईपीएल क्रिकेटमा आज (बुधबार) दुई खेल हुँदैछन् । त्रिवि मैदानमा हुने पहिलो खेलमा साविक विजेता ललितपुर प्याट्रियट्स र पोखरा राइनोज तथा दोस्रो खेलमा भैरहवा ग्लाडियटर्स र विराटनगर वारियर्स खेल्न लागेका हुन् ।

ललितपुर र पोखराको खेल बिहान साढे ९ बजेदेखि सुरु हुनेछ । ललितपुर उद्घाटन खेलमा काठमाडौं किङ्स इलाभेनसँग पराजित भएको थियो । त्यस्तै पोखराले पहिलो खेलमा भैरहवा ग्लाडीयटर्ससँग अंक बाँडेको थियो । त्यस्तै भैरहवा र विराटनगरबीचको खेल दिउँसो साढे १ बजे सुरु हुनेछ । पोखरा राइनोजसँग अंक बाँडेको भैरहवाको एक अंक छ । विराटनगर पहिलो खेलमा चितवन टाइगर्ससँग पराजित भएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७